काठमाडौं:नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तलाई आइपीओ निष्काशनका लागि अनुमति दिइएको हो ।
मङ्सिर २४ गते आइपीओ निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका इस्टर्न हाइड्रोपावरले साउन ९ गते अनुमति प्राप्त गरेको हो । खप्तड लघुवित्तलाई भने बैशाख ११ गते दिएको निवेदन अनुसार साउन १० गते आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरिएको हो ।
इस्टर्न कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनका लागि बिक्रि प्रबन्धकको रुपम एनएमबी क्यापिटलसँग सहमति गरेको छ ।
साथै खप्तडले भने सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैकयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र चुक्ता पूँजी २ करोड ६८लाख रहेको कम्पनीको शेयर निष्काशन पश्चचात भने चुक्ता पूँजी ४ करोड पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…