आइपीओ निष्काशनको अनुमति दुई कम्पनीले पाए

काठमाडौं:नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तलाई आइपीओ निष्काशनका लागि अनुमति दिइएको हो ।

मङ्सिर २४ गते आइपीओ निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका इस्टर्न हाइड्रोपावरले साउन ९ गते अनुमति प्राप्त गरेको हो । खप्तड लघुवित्तलाई भने बैशाख ११ गते दिएको निवेदन अनुसार साउन १० गते आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरिएको हो ।

इस्टर्न कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनका लागि बिक्रि प्रबन्धकको रुपम एनएमबी क्यापिटलसँग सहमति गरेको छ ।

साथै खप्तडले भने सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैकयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र चुक्ता पूँजी २ करोड ६८लाख रहेको कम्पनीको शेयर निष्काशन पश्चचात भने चुक्ता पूँजी ४ करोड पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago