मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो ?

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् । आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ ।’
आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने आयोगको सिफारिसअनुसारै सरकारले निर्वाचनको मिति तोक्ने अपेक्षा रहेको बताए ।

उनले निर्वाचनको तयारीका सबै काम सुरू भइसकेको बताए । ‘आयोगले मंसिर पहिलो साताको मितिमा निर्वाचन गर्न परामर्श दिएको छ, आयोग त्यही मितिमा सरकारले निर्वाचन गर्छ भनेर ढुक्क छ,’ उनले भने, ‘सरकारले कहिले मिति तोक्छ भन्ने मात्रै हो, मलाई लाग्छ आगामी मन्त्रिपरिषद्को बैठकले मिति तोक्नेछ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताए । ‘पुरानै मतपेटिकाहरू प्रयोग भइरहेका छन् । अहिले यो निर्वाचनमा प्रयोग गरिएका सामग्रीहरूको फेहरिस्त तयार गर्ने काम भइरहेको छ । तर, अधिकांश सामानहरू प्रयोग गर्न नसकिने खालका हुन्छन् । धेरैचाहिँ खर्च भएर जाने सामान हुन्छन् । त्यसले पनि सामानहरूको पुनःप्रयोग गर्न नसकिने अवस्था हुन्छ,’ उनले भने, ‘हामीले एकैचरणमा निर्वाचन सम्पन्न गर्दा खर्च कटौती हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेको बताए । उनका अनुसार अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा २ अर्ब १५ रुपैयाँ खर्च कटौती भएको छ । ‘कर्मचारीले पाउने विशेष सुविधा र अन्य सुविधाहरूमा खर्च कटौती भएको छ । समय कम भयो, त्यसकारणले पनि खर्च कम भयो । जति सामग्रीहरू उपयोग भयो, त्यो हामीले खुला प्रतिस्पर्धा गराएर खरिद गरेका कारण खर्चमा मितव्ययी हुन सफल भयौँ भन्ने लागेको छ,’ उनले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago