रामचन्द्र पौडेल राजनिति बाटै सन्यास लिदै!

तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामजिक कार्यमा लाग्‍ने बताएका छन् । व्यास नगरपालिका-१४ स्थित कुलुङ्गमा मंगलबार कार्यकर्तासँग भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् ।

हिजोका दिनमा जिल्लाको विकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै नेता पौडेलले भोलिका दिनमा पनि काम गरेर देखाउने आफ्नो योजना रहेको जानकारी दिए । ‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ उनले भने, ‘अब गाउँमा विकासको मूल फुटाउने गरी काम गरेर देखाउन चाहन्छ छु ।’

व्यास नगरपालिका-१२ को छिर्कनबाट व्यास-१४ को कुलुड हुँदै केशवटार जोड्ने सडकमार्ग आफ्नो पहलमा भएको र कुलुङ्ग, छाब्दी तथा बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन सके प्रचुर सम्भावना रहेको नेता पौडेलले बताए । पर्यटकीय प्रवर्द्धन गर्नका लागि यहाँको ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्वर्द्धनमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।

विगतमा अवरुद्ध भएका विकासलाई निरन्तरता दिँदै थप विकासका बारेमा बुझ्‍न आफूले घरदैलो अभियान कार्य अघि बढाएको चर्चा गर्दै नेता पौडेलले कुलुङ्ग खानेपानी योजना आफ्नै पहलमा निर्माण भइ उद्घाटन समेत गरिएको जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago