काठमाडौँ: सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ । ४० माइक्रोन भन्दा कम पातला प्लाष्टिक झोला कोभिड-१९ महामारीपछि अनुगमनमा केही खुकुलो भएकाले बिक्री वितरणमा वृद्धि भएकाले रोक लगाउने भएको हो ।
४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाले वातावरणमा प्रतिकुल असर परेको जथाभावी फाल्दा खोला तथा नदीमा फोहोर जम्मा हुने गरेको छ । ढल निकासमा अवरोध भएकाले प्लाष्टिकको बिक्री वितरणमा रोक लगाइएको वातावरण विभागले जनाएको छ ।
पातलो प्लाष्टिक झोला उत्पादन , आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाइको साथ अनुगमन गरिने विभागले जनाएको छ । विभागले जारी गरेको सूचनामा लेखिएको छ,’ अनुगमनको समयमा नेपाल सरकारको निर्णय विपरीतका कार्य भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही हुने छ ।’
२०७८ असोज १९ गतेको नेपाल राजपत्रमा ४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोला प्रयोग गर्न नपाउने व्यवस्था उल्लेख छ । २०७८ माघ १७ गतेको मन्त्रीपरिषदको बैठकले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना स्वीकृत गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…