काठमाडौँ: सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ । ४० माइक्रोन भन्दा कम पातला प्लाष्टिक झोला कोभिड-१९ महामारीपछि अनुगमनमा केही खुकुलो भएकाले बिक्री वितरणमा वृद्धि भएकाले रोक लगाउने भएको हो ।
४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाले वातावरणमा प्रतिकुल असर परेको जथाभावी फाल्दा खोला तथा नदीमा फोहोर जम्मा हुने गरेको छ । ढल निकासमा अवरोध भएकाले प्लाष्टिकको बिक्री वितरणमा रोक लगाइएको वातावरण विभागले जनाएको छ ।
पातलो प्लाष्टिक झोला उत्पादन , आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाइको साथ अनुगमन गरिने विभागले जनाएको छ । विभागले जारी गरेको सूचनामा लेखिएको छ,’ अनुगमनको समयमा नेपाल सरकारको निर्णय विपरीतका कार्य भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही हुने छ ।’
२०७८ असोज १९ गतेको नेपाल राजपत्रमा ४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोला प्रयोग गर्न नपाउने व्यवस्था उल्लेख छ । २०७८ माघ १७ गतेको मन्त्रीपरिषदको बैठकले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना स्वीकृत गरेको थियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…