जापान नेपाल फेस्टिवल तयारी अन्तिम चरणमा, स्टल वितरण सम्पन्न ।

जापान । जापानमा जुलाई महिनाको ३० र ३१ तारिख राजधानी टोकियोको नाकानोमा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ ।

राजधानी टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि आयोजक NRNA जापानले गोला प्रथाको वाध्यम बाट स्टल बाँडफाँड गरेको छ । जस अन्तर्गत खाद्यान्नका रेष्टुरेण्टहरुको १७ वटा स्टल छुट्याइएको छ भने यस बाहेक नेपाली सेवा प्रदायक कम्पनीहरुका १८ वटा स्टल रहने छ ।

स्टल बुकिङ सबै वितरण भएको ले थप माग भएकोमा उपलब्ध गराउन नसकिएको एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो । स्टल पाउनुभएका सबै कम्पनीहरुले आयोजक   ले टोकेको नियम लाई परिपालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै प्रतिबद्धता गरे अनुसार नियम लाई परिपालना गरेको नगरेको NRNA जापानले समेत फेस्टिवल अवधिमा निरिक्षण गर्ने लामिछानेले जानकारी दिनु भयो ।

नेपाल फेस्टिवल स्थलमा एनआरएनए जापानले स्वास्थ्य परामर्श शिविर पनि संचालन गर्ने भएको छ । स्वास्थ्य शिविरस्टलबाट सामान्य स्वास्थ्य सम्वन्धि जानकारीहरु लिन सकिने बताइएको छ ।

यस बाहेक एनआरएनए जापान मार्फत जापानमा रहेका दर्जनौं नेपाली विद्यार्थीहरुलाई बर्षेनी नगद छात्रबृत्ती उपलब्ध गराउँदै आएको आएचएनओले स्टल राखेर विद्यार्थीहरुको लागि अध्ययन सहित रोजगार लगायत विषयमा जानकारी उपलब्ध गराउने भएको छ ।

नेपाली भेषभुषा, बाजागाजा, कला, मौलिकता, पर्यटन सहित नेपाली खाना झल्कनेगरि एतिहासिक रुपमा सफल बनाउन नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा १२ औं नेपाल फेस्टिवल टोकियोको नाकानोमा हुन लागेको हो । फेस्टिवल सफल बनाउन एनआरएनए जापानले विभागिय समिति गठन गरेर तिब्र रुपमा तयारी र कामहरु गरिरहेको छ ।

आगामी तिन साता प्रचारात्मक कार्यक्रममा जोड दिनुपर्ने भएकाले यसमा जापानका सबै संघसंस्था, नेपालीहरु सहित नेपाललाई मायाँ गर्ने जापानी नागरिकहरुबाट थप प्रचार र साथको अपेक्षा गरिएको बताउँदै एनआरएनए जापानका प्रवक्ता तथा नेपाल फेस्टिवल स्टल व्यवस्थापन विभाग प्रमुख सुभास लामिछानेले सबै जापानवासी नेपालीहरुमा आफुले चिनेका जापानी नागरिक तथा काम गर्ने कम्पनीहरुमा समेत नेपाल फेस्टिवल बारे जानकारी गराउँदै सहभागी गराउन पहल गरिदिन सबै नेपालीहरुमा हार्दिक अनुरोध गर्नुभयो ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago