प्रतिनिधि सभा बैठकमा गणपूरक सङ्ख्या पुगेन

काठमाण्डौ १२ असार । प्रतिनिधि सभा सदस्यहरू अनुपस्थित हुँदा गणपूरक सङ्ख्या पुगेन ।  बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन ।

सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद झपट रावलले प्रतिनिधि सभा सदस्यको गणपूरक सङ्ख्या नपुगेको र यस्तो अवस्थामा प्रस्ताव पारित गर्दा नियमावली विपरीत हुने भन्दै निर्णयार्थ पेस गर्नुअघि गणपूरक सङ्ख्या गणना गर्न माग गर्नुभएको थियो ।

गणपूरक सङ्ख्या गणना हुँदा प्रस्तावलाई निर्णयार्थ पेस गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै उपस्थिति देखिएकाले सङ्ख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago