जापानको सुदर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा युबारी जातका एउटै खरबुजा १५ लाख येनमा विकेको छ । यस वर्षको पहिलो लिलामी दुई ओटा खरबुजा ३० लाख येनमा विकेको हो ।
बोलकबोलमा युबारीस्थित फलफूल र तरकारी विक्रेता तथा प्याक गर्ने कम्पनी होकुयुप्याकले बोलेको मूल्य विजेता घोषणा गरिएको थियो । यस वर्षको बोलकबोलमा खरबुजाका लागि बोलिएको यो मूल्य गत वर्षको विजयी बोलकबोलको भन्दा १० प्रतिशत धेरै भएको बताइएको छ ।
गत वर्ष दुई ओटा खरबुजा २७ लाख येनमा विक्री भएको थियो । सन् २०१९ मा युबारी जातिको दुई ओटा खरबुजा ५० लाख लाखमा येनमा बिकेका थिए । यो खरबुजाले पाएको अहिलेसम्मकै धेरै मूल्य हो । अर्थात् त्यति बेला एउटै खरबुजाको लागि २५ लाख येन बोलकबोल गरिएको थियो ।
होकुयुप्याक कम्पनीले युबारीमा जुन ४ र ५ मा निःशुल्क रुपमा खबरबुजा चाखाउने कार्यक्रमको आयोजना गर्दैछ । खरबुजाको अति नै मिठो र अनौठो स्वाद सो मूल्य तिर्न लायक भएको कम्पनीका अध्यक्ष कियोमिची नोदाले बोलकबोल जितेपछि भनेका थिए । बिहिबार लिलामीमा कूल २ हजार ७२१ ओटा खरबुजाको विक्री गरिएको थियो ।
यस वर्ष स्थानीय ९८ जना कृषकहरुले २ खर्ब ३ अर्ब येन मूल्यका कूल ३ हजार ४३८ ओटा खरबुजा विक्री गर्ने योजना बनाएको स्थानीय सहकारीले बताएको छ । जापानमा हरेक वर्ष सिजनको पहिलो बोलकबोलमार्फत लाखौं करोडौं येनमा यसैगरी फलफूल र तरकारी बेच्ने गरिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…