जापानको होक्काइदोमा ३० लाख येनमा बिक्यो दुई ओटा खरबुजा

जापानको सुदर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा युबारी जातका एउटै खरबुजा १५ लाख येनमा विकेको छ । यस वर्षको पहिलो लिलामी दुई ओटा खरबुजा ३० लाख येनमा विकेको हो ।
बोलकबोलमा युबारीस्थित फलफूल र तरकारी विक्रेता तथा प्याक गर्ने कम्पनी होकुयुप्याकले बोलेको मूल्य विजेता घोषणा गरिएको थियो । यस वर्षको बोलकबोलमा खरबुजाका लागि बोलिएको यो मूल्य गत वर्षको विजयी बोलकबोलको भन्दा १० प्रतिशत धेरै भएको बताइएको छ ।
गत वर्ष दुई ओटा खरबुजा २७ लाख येनमा विक्री भएको थियो । सन् २०१९ मा युबारी जातिको दुई ओटा खरबुजा ५० लाख लाखमा येनमा बिकेका थिए । यो खरबुजाले पाएको अहिलेसम्मकै धेरै मूल्य हो । अर्थात् त्यति बेला एउटै खरबुजाको लागि २५ लाख येन बोलकबोल गरिएको थियो ।
होकुयुप्याक कम्पनीले युबारीमा जुन ४ र ५ मा निःशुल्क रुपमा खबरबुजा चाखाउने कार्यक्रमको आयोजना गर्दैछ । खरबुजाको अति नै मिठो र अनौठो स्वाद सो मूल्य तिर्न लायक भएको कम्पनीका अध्यक्ष कियोमिची नोदाले बोलकबोल जितेपछि भनेका थिए । बिहिबार लिलामीमा कूल २ हजार ७२१ ओटा खरबुजाको विक्री गरिएको थियो ।

यस वर्ष स्थानीय ९८ जना कृषकहरुले २ खर्ब ३ अर्ब येन मूल्यका कूल ३ हजार ४३८ ओटा खरबुजा विक्री गर्ने योजना बनाएको स्थानीय सहकारीले बताएको छ । जापानमा हरेक वर्ष सिजनको पहिलो बोलकबोलमार्फत लाखौं करोडौं येनमा यसैगरी फलफूल र तरकारी बेच्ने गरिएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago