काठमाडौँ– सार्वजनिक मतपरिणामबाट पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन ।

एमालेको बलियो पकड रहेको क्षेत्रका उसको उम्मेदवारलाई ६ हजार ४५ मतको अन्तरले पराजित गर्दै आचार्य पोखराको १५औँ मेयरका रुपमा निर्वाचित भए। आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५२ हजार ८४८ भोट पाए।

एमालेबाट विभाजित भएर बनेको समाजवादीले पार्टी गठनको नौ महिनामै गठबन्धनको सहयोगमा महानगरको प्रमुख जित्न सफल भइरहँदा उपप्रमुखमा भने एमालेकै मञ्जुदेवी गुरुङ ६० हजार ५ सय ४६ मतका साथ निर्वाचित भइन्।

गठबन्धनले उपप्रमुखमा अघि सारेको कांग्रेसकी कोपिला रानाभाट ५६ हजार ६ सय ६३ मतका साथ दोस्रो हुन पुगिन्। उपप्रमुखमा एमालेको उम्मेदवार निर्वाचित हुँदा प्रमुखमा समाजवादीका आचार्यले गठबन्धनको भोट कायम राखेर एमालेको मत तानेर जितेको प्रष्ट देखिने पोखराबाट पत्रकारिता गर्दै आएका केशव लामिछानेको विश्लेषण छ।

पोखराका लोकप्रिय दिवंगत नेता रविन्द्र अधिकारीसँगको घनिष्ट सम्बन्धले पनि आचार्यलाई चुनावी मैदानमा सहयोग पुग्यो। पृथ्वीनारायण क्याम्पसमा सँगसँगै राजनीति गरेका अधिकारी र आचार्यबीचको सम्बन्ध अन्तिम दिनसम्म पनि उत्तिकै सुमधुर थियो।

एमालेको मत तान्न सक्नुका पछाडि उनको ‘क्रिम’ व्यक्तित्व र प्रतिस्पर्धी थापा पटकपटक टेष्टेट हुनु हो। लामो समयदेखि पोखरामा व्यवसायसँगै वामपन्थी राजनीति गर्दै आएका आचार्य पहिलोपटक जननिर्वाचित पदका लागि आकांक्षी बनेका हुन्।

तर थापा भने २०४९ र २०५४ स्थानीय चुनावमा निर्वाचित थिए। उनी २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा कास्की क्षेत्र नम्बर २ मा प्रतिस्पर्धामा उत्रेका थिए भने २०७४ सालमा भएको प्रदेशसभा चुनावमा कास्कीबाटै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले वैशाख १२ गते मनोनय दर्ता गर्नुअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।

‘एमालेमा एउटै व्यक्तिले कतिपटक अवसर पाइरहने भन्ने असन्तुष्टि चुनावमा पोखियो। त्यसको फाइदा धनराजले उठाएका हुन्, एमाले कास्कीका एक नेताले भने। मतगणनाका क्रममा ६ भोट सूर्य चिन्हमा भए पनि प्रमुखमा एक भोट भने धनराजलाई गएको थियो।

एक भोट समाजवादीका धनराज आचार्यलाई जानु र बाँकी भोट एमालेका अरु उम्मेदवारले पाउनुलाई एमालेले ‘अन्तरघात’ भनेको छ।

स्थानीय चुनाव पार्टीको पक्षमा नआउनुका पछाडि बुधबार अध्यक्ष केपी ओलीले अन्तरघातलाई दोष दिए। संसदीय दलको बैठकमा उनले पार्टीमा अन्तरघातको समस्या कहाँबाट भित्रियो, खोजी हुने बताए।

ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘पार्टी बाहिर हाम्राविरुद्ध घेराबन्दी भयो। पार्टीभित्र पनि वैयक्तिक सम्बन्धका आधारमा उम्मेदवार पराजित गरियो। असहयोग गरियो। अन्तरघात भयो।’

गण्डकी प्रदेशका एमालेका दुई नेता उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको सम्बन्धले पनि पार्टीको उम्मेदवारको पक्षमा जनमत बन्न नसकेको विश्लेषण एमाले वृत्तमा छ।

थापा अधिकारी पक्षीय उम्मेद्वारका रुपमा परिचित छन्। तथापि चुनावी परिणामपछि पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले सत्ता गठबन्धनले पैसाको खोलो बताउँदा प्रमुख पदमा पराजय भोग्नु परेको भन्दै असन्तुष्टि पोखे।

उनले भने, ‘सत्ता गठबन्धनले पैसाको खोलो बगायो। मौन अवधिमा मतदातालाई प्रभावित पार्ने काम भयो। तर पनि नगरसभा र कार्यकारिणीमा उपप्रमुखसहित हाम्रो बहुमत छ। त्यसलाई लिएर हामी काम गर्छौ।’ उनले पनि उपप्रमुख जित्ने तर प्रमुखमा नजित्नुमा अन्तर्घात तर्फ संकेत गर्दै भने, ‘पार्टीले यस्ता कुरालाई गम्भीरता पूर्वक समीक्षा गर्नुपर्छ।’

गण्डकी प्रदेशमा एमालेले अघिल्लो चुनावको वर्चश्व कायम राख्दा पोखरा महानगरको प्रमुख नहुँदा ‘आहत’ भएको दुखेसो पोखे। पोखरा महानगरमा एमालेको संख्यात्मक बहुमत देखिए पनि अघिल्लोपटक जस्तो जनताले साथ दिएनन्।

पाँच वर्षअघि प्रमुख उपप्रमुख मेयर, उपमेयरसहित २२ वटा वडाअध्यक्ष जितेको एमाले यसपटक उपमेयरसहित ९ वटा वडा अध्यक्ष जितेको छ। कांग्रेसले २३ वटा वडा र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। एमालेको पकड मानिने वडा नम्बर १६, १९ र ३१ समेत एमालको हातबाट फुत्केको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago