बिर्तामोड । सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी बिर्तामोड देवीबस्तीका विवेक प्रसाईंले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।
बिर्तामोड वडा नम्बर ५ को वडा कार्यालयमा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण कार्यक्रममा प्रसाईंले जग्गा दान गर्ने घोषणा गरेका हुन् ।
प्रसाईंले आफ्नी छोरी अपेक्षा प्रसाईंको नाममा रहेको एक कठ्ठा जग्गा वडा कार्यालयलाई पास गर्ने बताए ।
हाल सो जग्गाको बजार मूल्य एक करोड रुपैयाँ रहेको जनाइएको छ ।
कार्यक्रममा प्रसाईंले आफ्नै निजी भवन नहुँदा वडालाई कार्यसम्पादनमा कठिनाइ भइरहेको महसुस भएकाले आफूले जग्गा प्रदान गर्ने बताए । प्रसाईं राजनीतिज्ञ तथा चिन्तक सिके प्रसाईं र गिरिराजकुमारी प्रसाईंका छोरा हुन् ।
उनले आफ्नो वडा तथा नगरको विकासमा नागरिकको पनि दायित्व रहेकाले जग्गा दिइएको बताए । प्रसाईंले प्रदान गरेको जग्गा बिर्तामोड ५ स्थित धर्मकाँटारोडको उत्तर माता मन्दिर जाने बाटोमा पर्छ । कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष रोहित प्रसाईंलगायत वडा सदस्यहरुले आजैबाट पदभार ग्रहण गरेका थिए ।
उनीहरुलाई विभिन्न संघसंस्था, राजनीतिक दल तथा टोल विकास संस्थाहरुले शुभकामना दिएका थिए ।
यसैबीच, कार्यालय प्रवेश गर्नुअघि वडा अध्यक्ष प्रसाईंले अपांगता भएका दुईजनालाई ह्विल चियर प्रदान गरेका छन् । वडा कार्यालयले उनीहरुलाई एक–एक थान ह्विल चियर प्रदान गरेको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…