वीरगन्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट निर्वाचित नगरप्रमुख जसपाका राजेशमान सिंह र नगर उपप्रमुख नेपाली काँग्रेसका इम्तियाज आलमको विजय जुलुस बुधबार यहाँ आयोजन गरिएको छ। गाडीको लस्कर, मोटरसाइकलको ताँती र बाजागाजासहित निकालिएको विजय जुलुस महानगरपालिकाका अधिकांश वडामा पुग्ने गरी भब्यताकासाथ निकालिएको छ।

अगाडिअगाडि ‘डिजे’ बाजा घन्किदै, त्यसको पछाडि मोटरसाइकलमा हजरौं समर्थकहरु त्यसपछाडि ‘स्पेसल’ रुपमा तयार गरिएको खुल्ला मिनी ट्रकमा ठूला नेताहरुका साथमा नवनिर्वाचित नगरप्रमुख सिंह र नगर उपप्रमुख आलमले नगरको बिभिन्न भागमा परिक्रमा गरेका छन्। उनीहरुले हात हल्लाएर र नमस्कार गरेर सर्वसधारणलाई अभिवादन गर्दै अघि बढिरेहका थिए। नवनिर्वाचित नगरप्रमुख सिंह र नगर उपप्रमुखको गाडी पछाडि दर्जनौं चारचक्के सवारीहरुको ताँती देखिएको थियो।

यसअघि मंगलबार नवनिर्वाचित नगरप्रमुख सिंहको र्‍याली उपप्रमुखले प्रमाणपत्र नपाउँदै वीरगन्ज १४ मा रहेको नृसिंह उच्च माबिबाट निस्किएको थियो। मतगणनामा परिणाममा नगर उपप्रमुख पदको अन्तिम नतिजा आउन केही ढिलाई भएकोले काँग्रेसको समूहलाई छोडेर जसपाको टोली पहिल्यै बाहिरिएको थियो।

जसपाले विजय जुसलसमार्फत एकल वर्चश्व प्रदर्शन गर्न खोजेको भनि अर्थ्याएका आफ्ना कार्यकर्ताहरुलाई काँग्रेस नेताहरुले अर्को दिन अर्थात बुधबार संयुक्त विजय जुलुस राखिएको भनेर सम्झाईबुझाई गरेका थिए। केही समयपछि नवनिर्वाचित उपप्रमुख आलमले काँग्रेस नेताहरुको घरमा मात्र पुगेर शुभकामना लिएका थिए। काँग्रेस समर्थकहरु जुलुसकै स्वरुप उनीसंगै हिँडेका थिए।

मंगलबार साँझ गठबन्धनका नेताहरुले बैठक बसी बुधबारको लागि तय कार्यक्रमको तयारी गरेका थिए। बैठकबाट नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष रामदरश कुशवाहा र नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य चिरिञ्जिवी आचार्यले एउटा संयुक्त बक्तब्यमार्फत निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई निर्वाचित गरेकोमा वीरगन्जबासीलाई धन्यवाद दिएका छन्। उनीहरुले बुधबारको विजय जुलुसमा सहभागिताका लागि र सफल बनाउनका लागि अह्वान पनि गरेका छन्।

गठबन्धनमा आबद्ध दलका नेताहरुले विजय जुलुसको रुट पनि निर्धारण गरेका थिए। मंगलबार बिहान प्रमुख निवाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार वीरगन्जमा जसपाका सिंह नगरप्रमुखमा र काँग्रेसका आलम नगर उपप्रमुखमा विजयी भएको घोषणा गरेको थियो। बिहीबार नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्यहरुका लागि आदर्शनगरस्थित पुरानो बसपार्कको मैदानमा वीरगन्ज महानगरपालिकाको कार्यालयले आयोजन गर्न लागेको छ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago