वीरगन्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट निर्वाचित नगरप्रमुख जसपाका राजेशमान सिंह र नगर उपप्रमुख नेपाली काँग्रेसका इम्तियाज आलमको विजय जुलुस बुधबार यहाँ आयोजन गरिएको छ। गाडीको लस्कर, मोटरसाइकलको ताँती र बाजागाजासहित निकालिएको विजय जुलुस महानगरपालिकाका अधिकांश वडामा पुग्ने गरी भब्यताकासाथ निकालिएको छ।

अगाडिअगाडि ‘डिजे’ बाजा घन्किदै, त्यसको पछाडि मोटरसाइकलमा हजरौं समर्थकहरु त्यसपछाडि ‘स्पेसल’ रुपमा तयार गरिएको खुल्ला मिनी ट्रकमा ठूला नेताहरुका साथमा नवनिर्वाचित नगरप्रमुख सिंह र नगर उपप्रमुख आलमले नगरको बिभिन्न भागमा परिक्रमा गरेका छन्। उनीहरुले हात हल्लाएर र नमस्कार गरेर सर्वसधारणलाई अभिवादन गर्दै अघि बढिरेहका थिए। नवनिर्वाचित नगरप्रमुख सिंह र नगर उपप्रमुखको गाडी पछाडि दर्जनौं चारचक्के सवारीहरुको ताँती देखिएको थियो।

यसअघि मंगलबार नवनिर्वाचित नगरप्रमुख सिंहको र्‍याली उपप्रमुखले प्रमाणपत्र नपाउँदै वीरगन्ज १४ मा रहेको नृसिंह उच्च माबिबाट निस्किएको थियो। मतगणनामा परिणाममा नगर उपप्रमुख पदको अन्तिम नतिजा आउन केही ढिलाई भएकोले काँग्रेसको समूहलाई छोडेर जसपाको टोली पहिल्यै बाहिरिएको थियो।

जसपाले विजय जुसलसमार्फत एकल वर्चश्व प्रदर्शन गर्न खोजेको भनि अर्थ्याएका आफ्ना कार्यकर्ताहरुलाई काँग्रेस नेताहरुले अर्को दिन अर्थात बुधबार संयुक्त विजय जुलुस राखिएको भनेर सम्झाईबुझाई गरेका थिए। केही समयपछि नवनिर्वाचित उपप्रमुख आलमले काँग्रेस नेताहरुको घरमा मात्र पुगेर शुभकामना लिएका थिए। काँग्रेस समर्थकहरु जुलुसकै स्वरुप उनीसंगै हिँडेका थिए।

मंगलबार साँझ गठबन्धनका नेताहरुले बैठक बसी बुधबारको लागि तय कार्यक्रमको तयारी गरेका थिए। बैठकबाट नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष रामदरश कुशवाहा र नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य चिरिञ्जिवी आचार्यले एउटा संयुक्त बक्तब्यमार्फत निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई निर्वाचित गरेकोमा वीरगन्जबासीलाई धन्यवाद दिएका छन्। उनीहरुले बुधबारको विजय जुलुसमा सहभागिताका लागि र सफल बनाउनका लागि अह्वान पनि गरेका छन्।

गठबन्धनमा आबद्ध दलका नेताहरुले विजय जुलुसको रुट पनि निर्धारण गरेका थिए। मंगलबार बिहान प्रमुख निवाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार वीरगन्जमा जसपाका सिंह नगरप्रमुखमा र काँग्रेसका आलम नगर उपप्रमुखमा विजयी भएको घोषणा गरेको थियो। बिहीबार नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्यहरुका लागि आदर्शनगरस्थित पुरानो बसपार्कको मैदानमा वीरगन्ज महानगरपालिकाको कार्यालयले आयोजन गर्न लागेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago