बिर्तामोडका वडाले आर्थिक वर्ष २०७९/०८० का लागि १ करोड १५ लाख बजेट पाउने

झापा । बिर्तामोड नगरपालिकाअन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९- ०८० का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकमा वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा नगरमा पेश गर्ने गरी उक्त निर्णय भएको हो ।

यस्तै बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा रहेको योजना अनुगमन समितिमा कार्यपालिकाको तर्फबाट वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी र वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ । बैठकले नगर प्रमुख प्रसाईले पदभार ग्रहणका क्रममा गरेको २ वटा निर्णयलाई अनुमोदन गरेको छ । बिर्तामोड नगरभित्र रहेका सम्पुर्ण गरिब तथा असहाय परिवारहरुको मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा गरी विपन्नहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नगरक्षेत्रभित्र रहेका सम्पुर्ण खेतीयोग्य जमिनहरुमा स्यालो ट्युवेल,कुलो तथा पैनी निर्माण गरी ५ वर्षभित्रमा सिँचाईको व्यवस्था गर्ने निर्णयलाई अनुमोदन गर्दै नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको हो ।

बैठकले बिर्तामोड नगरपालिकामा रहेका सवारीसाधनहरु ग्रेडर,रोलर,जेसिभी,टिपर र पानी ट्याङ्करको नयाँ भाडादर पनि कायम गरेको छ । बैठकमा चालु आर्थिक वर्ष २०७८/०७९को कूल वार्षिक वजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएकोमा बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्ययमध्ये चालुतर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगततर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ व्यय भएको विवरण प्रस्तुत गरिएको थियो ।

यस्तै बुधबारको बैठकले २०७४ सालको स्थानीय निर्वाचनबाट बिर्तामोड नगरपालिकामा निर्वाचित भएर २०७९ साल जेठ ५ गतेसम्म कार्य गर्ने जनप्रतिनिधिहरुलाई विकास र समृद्विमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेको छ । यस्तै स्थानीय तह निर्वाचन २०७९को मतगणना अवधिको लागि कर्मचारीहरुलाई दिएको विदा र दुर्गा माध्यमिक विद्यालय बिर्तामोड ९ गरामनीका शिक्षक दुर्गाप्रसाद निरौलाको गत चैत्र २० गते सडक दुर्घटनामा परी निधन भएकोले २१ गते बिर्तामोड नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा शोक विदा दिने निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ ।

बैठकमा बिर्तामोड नगर उपप्रमुख संग्रौला,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना,लेखा शाखा प्रमुख तेजेन्द्र तामाङलगायत १० वटै वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago