प्रसारण लाइन अभावले दोर्दी खोलाको २७ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडन सकिएन

लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।

प्राधिकरणले उदीपुरदेखि मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत जोडिन नपाएको जलविद्युत आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए। उनका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मर्स्याङ्दी  करिडोर प्रसारण लाइन तयार नहुँदा आयोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो। आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो साताबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने योजना भएपनि लाइन तयार नहुँदा विद्युत खेर गइरहेको छ।

वि.सं. ०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले वि.सं. ०७५ भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो। पछि समय थपेर वि.सं. ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि वि.सं. ०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो। सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि वि.सं. ०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि वि.सं. ०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन। सो पश्चात फेरि वैशाखदेखि उत्पादन गर्ने योजना भएपनि लाइन समस्याले गर्दा विद्युत जोडिन पाएन। नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ।

दोर्दी खोला आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिँदै गएकाले ४ अर्ब ६४ करोड रुपैयाँसम्म खर्च भएको अनुमान गरिएको छ। आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago