बिर्तामोड । बिर्तामोड नगरपालिका–३ भित्रका सुत्केरी महिलाका लागि पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
बुधबार पदभार ग्रहण गर्दै बिर्तामोड नगरपालिका–३ का नवनिर्वाचित वडाध्यक्ष मदन बुढाथोकीले सुत्केरी महिलाहरुलाई १५ सय रुपैयाँ बराबरको पोषिलो आहार प्रदान गरिने घोषणा गरे । वडाध्यक्ष बुढाथोकीले जन्मदर्ता ३५ दिनभित्रै गर्ने सुत्केरीलाई सो सुविधा प्रदान गरिने बताए । निम्न वर्गीय परिवारलाई लक्षित गरी सुत्केरी पोषण कार्यक्रम वडाको पहिलो निर्णय भएको उनले जानकारी दिए । रु १५०० बाट शुरु गरी पछि त्यसलाई बढाउँदै लगिने उनको भनाई छ ।
पछिल्लो समय युवापुस्ता लागूऔषधको कुलतमा फस्दै गएकाले २४ वर्ष मुनिका युवालाई लक्षित गरी दुव्र्यसन न्यूनीकरण र रोजगारमूलक कार्यक्रम ल्याइने उनले योजना सुनाए । वडाका सुकुम्बासी र मजदुरहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेको बताउने बुढाथोकीले यसअघिका जनप्रतिनिधिहरुले संचालन गरेका राम्रा कामलाई यथावत राख्ने र केही परिमार्जन गर्ने जानकारी दिए । उनले जनप्रतिनिधि शासक नभएर सेवक भएकाले जनताको सेवामा जस्तोसुकै अवस्थामा पनि तल्लिन रहने दृढता ब्यक्त गरे ।
सबै पार्टीको साथ र सहयोगले मात्रै वडाको विकास सम्भव रहेकाले पार्टीभन्दा माथि रहेर नागरिकको सेवामा सर्मपित हुने उनले प्रतिबद्धता समेत जनाए । वडा कार्यालयमा आएका सेवाग्राहीले आफ्नै कार्यालय जस्तो सम्झेर कानुनी प्रक्रिया पुरा गरेका कुर्नैपनि विषय वडाका नरोकिने बताए । उनले जनप्रतिनिधि शासक नभएर सेवक भएकाले जनताको सेवामा जस्तो सुकै अवस्थामा पनि तल्लिन रहने दृढता ब्यक्त गरे ।
वडा सचिव भीम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कुमार बुढाथोकी , राप्रपाका लक्ष्मी ढकाल , अनारमनी पव्लिक क्याम्पसका क्याम्पस प्रमुख मोहन शिवाकोटी , बिर्ताबजार टोल विकास संस्थाका अध्यक्ष पदम प्रसाई , त्रिवेणी टोल विकास संस्थाकी अध्यक्ष जानुका थापा मगर , दरबार चोक टोल विकास संस्थाका अध्यक्ष छविराम आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कर्मचारी रेनुका मिश्रले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बसन्त ढकालले गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…