उद्धारमा समस्या भयो, सरकारले हेलिकप्टर पठाए घाइतेहरूलाई बचाउन सकिन्थ्यो

सुर्खेत: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस सिस्नेमा दुर्घटनामा परेको हो ।

आठबिस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

‘दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ’ आठबिस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले भने । चार जनाको मृत्यु भएको छ, रातिको समय भएकाले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिए ।

उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago