गुरुङ बोल्दाबोल्दै अन्तर्घाती मुर्दावाद भन्दै कार्यकर्ताले नारा लगाए

पोखरा: स्थानीय तह निर्वाचन अर्न्तगत पोखरा महानगरपालिकामा नेकपा एमालेले उपमेयरसहित ९ वटा वडा जितेको छ । अधिकांश वडामा सदस्य संख्या जितेको एमालेको नगरसभामा बहुमत छ । तर वडाध्यक्ष भने अघिल्लो पटक कांग्रेसले जितेको भन्‍दा पनि कम छ । यसकारण कार्यपालिकामा एमाले अल्पमतमा छ ।

पोखरामा एमालेले ९ वटा वडा जितेको छ । जबकी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयरसँगै २२ वटा वडा जितेको थियो । एमाले कास्कीमा भएको गुटबन्दीका कारण वडा गुमाएको नेता कार्यकर्ताहरूको बुझाइ छ ।

टिकट दिनेक्रममै एमाले कास्की गुटको भुमरीमा फसिसकेको अहिले चर्चा हुने गर्छ । चुनाव अघिनै देखिएको गुटको प्रभाव मत परिणाममा राम्रै देखियो । पछिल्ला समयमा एमालेले गरेका कामको मूल्यांकन पनि पोखरेली जनताले गरेकै थिए । तर भनेजस्तो मत नआएपछि आफूहरूको कमजोरी पत्ता लगाउनभन्दा पनि अर्न्तघात नै कारक मानेर बसे । पार्टीमा ठूलै घात अर्न्तघात भएको नेता कार्यकर्ताहरूले मत गणनाको दौरान नै आंकलन गरेका थिए ।

कास्कीमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी गुट सक्रिय रहेको नेता कार्यकर्ताहरू नै बताउँछन् । पोखराको टिकट प्राप्तिदेखि नै गुटउपगुटको रस्साकस्सी देखिन्थ्यो । पहिले दिपक पौडेलले पाएको टिकट काण्ड भाइरल गराएर कृष्ण थापालाई दिइएको थियो । त्यसपछि टेलिफोन अडियो काण्डको हल्लाले पनि घात अर्न्तघातको श्रृखंला छताछुल्ल भएको थियो ।

बुधबार नेकपा एमालेले विजेता उपमेयर र वडाध्यक्षहरूको विजयी सभा आयोजना गर्‍यो । विजयी सभाको शुभकामना दिने समयमा गुटउपगुट छर्लङ्गै देखिएको थियो । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विजयीहरूलाई शुभकामना दिइरहेको समयमा एमालेका नेता कार्यकर्ताहरूले विरोध जनाएका थिए । गुरुङले बोल्ने बेलादेखि नै बिरोध जनाइरहेका सकिएपछि झनै उनीहरूले अन्तर्घाती होसियार, अन्तर्घाती मुर्दावादको नाराले भीड उचालेका थिए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago