पोखरा: स्थानीय तह निर्वाचन अर्न्तगत पोखरा महानगरपालिकामा नेकपा एमालेले उपमेयरसहित ९ वटा वडा जितेको छ । अधिकांश वडामा सदस्य संख्या जितेको एमालेको नगरसभामा बहुमत छ । तर वडाध्यक्ष भने अघिल्लो पटक कांग्रेसले जितेको भन्दा पनि कम छ । यसकारण कार्यपालिकामा एमाले अल्पमतमा छ ।
पोखरामा एमालेले ९ वटा वडा जितेको छ । जबकी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयरसँगै २२ वटा वडा जितेको थियो । एमाले कास्कीमा भएको गुटबन्दीका कारण वडा गुमाएको नेता कार्यकर्ताहरूको बुझाइ छ ।
टिकट दिनेक्रममै एमाले कास्की गुटको भुमरीमा फसिसकेको अहिले चर्चा हुने गर्छ । चुनाव अघिनै देखिएको गुटको प्रभाव मत परिणाममा राम्रै देखियो । पछिल्ला समयमा एमालेले गरेका कामको मूल्यांकन पनि पोखरेली जनताले गरेकै थिए । तर भनेजस्तो मत नआएपछि आफूहरूको कमजोरी पत्ता लगाउनभन्दा पनि अर्न्तघात नै कारक मानेर बसे । पार्टीमा ठूलै घात अर्न्तघात भएको नेता कार्यकर्ताहरूले मत गणनाको दौरान नै आंकलन गरेका थिए ।
कास्कीमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी गुट सक्रिय रहेको नेता कार्यकर्ताहरू नै बताउँछन् । पोखराको टिकट प्राप्तिदेखि नै गुटउपगुटको रस्साकस्सी देखिन्थ्यो । पहिले दिपक पौडेलले पाएको टिकट काण्ड भाइरल गराएर कृष्ण थापालाई दिइएको थियो । त्यसपछि टेलिफोन अडियो काण्डको हल्लाले पनि घात अर्न्तघातको श्रृखंला छताछुल्ल भएको थियो ।
बुधबार नेकपा एमालेले विजेता उपमेयर र वडाध्यक्षहरूको विजयी सभा आयोजना गर्यो । विजयी सभाको शुभकामना दिने समयमा गुटउपगुट छर्लङ्गै देखिएको थियो । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विजयीहरूलाई शुभकामना दिइरहेको समयमा एमालेका नेता कार्यकर्ताहरूले विरोध जनाएका थिए । गुरुङले बोल्ने बेलादेखि नै बिरोध जनाइरहेका सकिएपछि झनै उनीहरूले अन्तर्घाती होसियार, अन्तर्घाती मुर्दावादको नाराले भीड उचालेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…