दाङ: सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

खड्का एमाले पूर्व जिल्लाअध्यक्ष हुन् । उनी किसान नेताका रूपमा परिचित छन् । लामो समयदेखि राजनीतिमा क्रियाशील रही पहिलोपटक निर्वाचनमा होमिने अवसर पाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि प्रमुखमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । ०७४ मा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी छिन् । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् । चौधरी तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गरी असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छिन् । उनी पहिलोपटक निर्वाचनमा होमिएर निर्वाचित भएकी छिन् । पराजित राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । निर्वाचनमा पराजय भोगेपछि उनले पार्टीको पदबाट राजीनामा दिएका छन् ।

एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
तुलसीपुरको मतपरिणाम आएसँगै जिल्लाको निर्वाचन सकिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको छ । कांग्रेसले लमही नगरपालिकाका साथै बबई, दंगिशरण, शान्तिनगर र राजपुर गाउँपालिका प्रमुख र उपप्रमुख जितेको छ । माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले बंगलाचुली र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

२०७४ मा एमालेले दुई उपमहानगरपालिका र एक नगरपालिका र चार गाउँपालिका जितेको थियो । कांग्रेसले तीन गाउँपालिका जितेको थियो भने माओवादी केन्द्रले एक गाउँपालिका मात्रै जितेको थियो । अहिले एमालेले चार पालिका गुमाएको छ भने कांग्रेस र माओवादी केन्द्रले दुई/दुई पालिका बढाएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago