केदार न्यौपाने (पूर्वसचिव ) राप्रपामा प्रवेश

काठमाडौँ: नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सचिव रही हालै सेवा निवृत्त भएका थिए ।

गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् ।
यस अवसरमा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, दिपक बोहरा लगायत नेताले न्यौपानेको राप्रपा प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने प्रतिक्रिया दिएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago