वाग्मतीले उचाल्यो फुटसल प्रतियोगिताको ट्रफी

२०७८, १२ चैत्र शनिबार २०:२५

काठमाडौँ: ललितपुरको वाग्मती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८-४ गोलले पराजित गर्दै वाग्मतीले उपाधि जितेको हो । महांकाल गाउँपालिका उपविजेता बन्यो ।

कुमारीपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए । नेपाल पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे ।
उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नुपर्ने कार्यक्रम महासंघले गरेको भन्दै आभार व्यक्त गरे । उनले जनप्रतिनिधि र पत्रकारबीच हुने प्रतियोगिताले सम्बन्ध थप मजबुद हुने बताए ।

महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबीच सम्बन्ध बिस्तार त हुन्छ नै सधैं काम गर्ने जनप्रतिनिधि र पत्रकारलाई खेलसँग पनि जोडेको बताए ।

प्रतियोगितामा ललितपुर महानगरपालिका वाग्मती गाउँपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु