स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न जिम सेन्टर, जेको एक्सरसाइज त्यसैमा ध्यान

काठमाडौं: व्यस्त जीवनशैलीका कारण आइपर्ने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न शहरवासी हिजोआज जिम सेन्टर तथा हेल्थ क्लब धाउन थालेका छन्। केही वर्षअघिसम्म प्रोफेसनल बडी बिल्डरहरूले भरिने जिमखाना अहिले सर्वसाधारणले शारीरिक व्यायाम गर्ने थलो बनेको छ। किशोरकिशोरीदेखि प्रौढावस्थामा पुगेकाहरू पनि हेल्थ क्लब जान थालेका छन्।

जिम जानुअघि आफू केका लागि जिम गरिरहेको छु भन्ने हेक्का राख्नुपर्छ। हेल्थ क्लब र जिमखाना आउने धेरैलाई आफू किन जिम गर्न आइरहेको छु भन्ने ज्ञान हुँदैन। कतिपय साथीले भनेको भरमा र कतिपय चाहिँ जिम गरेपछि शरीर फिट हुन्छ भनेको सुनेकै भरमा जिम आउने गर्छन्। नजिकको साथी वा छिमेकी जिम जान थालेपछि उसैको सिको गरेर जिमखाना आउने पनि भेटिन्छन्।

लक्ष्य लिएर जानुपर्छ जिमखाना

जिमखाना जानुअघि कम्तीमा पनि एउटा लक्ष्य लिएर जानुपर्छ। उमेर, तौल, शारीरिक अवस्था, स्वास्थ्यमा केही समस्या भए-नभएको आदि निक्र्यौल गरेर जिमखाना ज्वाइन गर्नुपर्छ। युवाले आफ्नो शरीर फिट र आकर्षक बनाउन जिम गर्न सक्छन् भने पेट ठूलो, तौल धेरै भएकाले त्यसका लागि जिम गर्न सक्छन्। जिम जान थालेपछि आफूले पहिलो चरणमा गर्न खोजेको के हो ? त्यसमै केन्द्रित भएर वर्कआउट गर्नुपर्छ। पेट लागेको छ र तौल पनि बढी छ भने त्यस्ता व्यक्तिले सुरुमै छाती चौडा एवं पखुरा ठूला बनाउने एक्सरसाइज गरेर केही फाइदा हुँदैन। सबैभन्दा पहिला पेटमा लागेको बोसो घटाउने तथा तौल कम गर्न ध्यान दिनुपर्छ। उचाइअनुसार तौल मेन्टेन भएपछि शरीरको विभिन्न भागको मसल टाइट पार्ने र बढाउने एक्सरसाइज गरेर शरीर फिट बनाउँदै लग्न सकिन्छ। जिम ज्वाइन गर्नुअघि र पछि अनुभवी ट्रेनरको सल्लाहबमोजिम लक्ष्य सेट गरेर जिम गर्दा मात्र आफूले चाहेजस्तो परिणाम आउन सक्छ।

फिट रहन एउटै व्यायाम सूत्रले मात्र काम गर्छ भन्ने हुँदैन। सबैभन्दा पहिला व्यायामको ढाँचा छनोट गरेर आफूले पूरा गर्न चाहेको लक्ष्यलाई एक, दुई, तीन गरेर प्राथमिकता निर्धारण गर्नुपर्छ र सोहीअनुसार धैर्यका साथ व्यायाम गर्नुपर्छ। व्यायाम गरेर छिटो परिणाम खोज्नेभन्दा पनि आफूले खोजेको परिणाम ल्याउनमा ध्यान दिनुपर्छ।

डाइट प्लान गर्नुपर्छ

कतिपयलाई जिम जान थालेपछि रातारात शरीर आकर्षक बन्छ भन्ने लाग्छ। हेल्थ क्लबमा एकडेढ घण्टा वर्कआउट गरेपछि ‘अब त फिट भइहालिन्छ नि’ भन्ने लाग्छ। तर, जिमसँगै वैज्ञानिक ढंगले डाइट प्लान गर्न सकिएन वा जानिएन भने जिम गरेर मात्रै शरीर आफूले चाहेजस्तो बन्दैन। प्रोफेसनल बडी बिल्डरहरूले वर्षौंदेखि गरेको मेहनत र खानपानमा दिएको ध्यानका कारण बनेको शरीर हेरेर लोभिएर मात्र पुग्दैन। आफूले पनि ट्रेनरले दिएको सुझावअनुसार डाइट प्लान बनाएर सोहीअनुसार अनुशासनमा रहेर खानपिन गर्नुपर्ने हुन्छ। कार्बोहाइड्रेट तथा बोसो बढाउने खानेकुराबाट जोगिनुपर्छ। शरीरको कुन भागलाई फोकस गरेर एक्सरसाइज गरिएको छ, त्यहीअनुसारको डाइट खाने गर्नुपर्छ। पाखुराको मसल बढाउने एक्सरसाइज गरिरहेका बेला मसल बढाउने डाइट खाने गर्नुपर्छ। शरीरको स्ट्रेन्थ तथा स्टामिना बढाउने खानामा जोड दिनुपर्छ।

वार्मअपमा विशेष जोड

जिम गर्नुअघि वार्मअप गर्नु अनिवार्य छ। कतिपय जिमखाना छिर्नेबित्तिकै ट्रेडमिलमा दौडिन वा तौल उठाउन हतार गर्छन्। तर, पर्याप्त वार्मअप गरेर नै अन्य एक्सरसाइज गर्नुपर्छ। शरीरको माथिल्लो भागको व्यायामका लागि पनि वार्मअप गर्नुपर्छ। वार्मअप गर्दा बडी स्ट्रेचिङ हुने र शरीरको स्टामिना पनि बढ्छ। पर्याप्त वार्मअप गरेपछि कार्डियो र अन्य व्यायाम गर्दा सहज हुन्छ। शरीरमा स्टामिना बढेको महसुस हुन्छ। वार्मअपबिना ट्रेडमिलमा दौडिँदा एकैछिनमा थाकेको महसुस हुनेलाई पनि यसबाट फाइदा पुग्छ।

जेको एक्सरसाइज त्यसैमा ध्यान

जिम गर्दा मसल र माइन्डको कनेक्सन हुनुपर्छ। शरीरको जुन भागको वर्कआउट गरिएको हो, त्यसैमा ध्यान दिनुपर्छ। पेटको एक्सरसाइज गरिरहनुभएको छ भने तपाईंको ध्यान पेटमा नै केन्द्रित हुनपर्छ। थाई, पाखुरा वा छातीको वर्कआउट गर्दा त्यसमै ध्यान केन्द्रित गरेर एक्सरसाइज गर्नुपर्छ। वर्कआउट गर्दा श्वासप्रश्वासलाई विशेष ध्यान दिनुपर्छ। एक्सरसाइज गर्दा श्वास लिने र छोड्ने टाइमिङ मिलाउन सक्दा कम थाकिन्छ र पर्याप्त वर्कआउट गर्न सकिन्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago