इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो

काठमाडौं: पछिल्लो समय युवामाझ लोकप्रिय बनेको छ, फुटसल। यसको लोकप्रियता बढ्नुको कारण हो– इन्डोर खेल्न सकिनु। सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

धादिङका उद्धव तिमिल्सिना फुटसलका पारखी हुन्। उनी फुर्सदमा प्रायः फुटसल खेल्छन्। ‘फुटसल खेल्दा आनन्द आउँछ,’ उनी भन्छन्, तिमिल्सिनाले भने, ‘इन्डोरभित्रै खेलिने भएकाले घामपानीको परवाह नगरी ढुक्कसँग खेल्न पाइन्छ।’ उनी साथीहरूसँग दैनिक एक घन्टा फुटसल खेल्ने गरेका छन्। दैनिक एक घन्टा फुटसल खेल्दा व्यायामसँग रमाइलो पनि हुने गरेको उनी बताउँछन्।

फुटसल युवाहरूको फुर्सदको साथी पनि बनेको छ। पछिल्लो समय फुटसल खेल्नेहरू बढिरहेका छन्।

सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

फुटसल सन् १९३० मा ब्राजिलबाट औपचारिकरूपमा सुरु भएको हो। फुटबलकै सानो रूप मानिने फुटसल इन्डोरमा खेलिन्छ । फुटसल पिच ४०/२० मिटरको हुन्छ।

फुटसल खेल्न एक समूहमा पाँच जना चाहिन्छ। फुटसलका धेरैजसो नियम फुटबलसँग मिल्ने भए पनि यो खेल्ने ठाउँलाई फुटसल पिच भनिन्छ भने फुटसल बलबाट मात्र खेलिन्छ। हलभित्रै खेलिने भएकाले यसलाई ‘इन्डोर फुटबल’ पनि भनिन्छ।

फुटसल क्रेज बढ्दै जाँदा धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा फुटसल एकेडेमी सञ्चालन भएको छ। त्यसयता एकेडेमीमा फुटसल खेल्ने बढेका छन्। जिल्लाका खेलप्रेमीलाई ध्यानमा राखेर एकेडेमी सञ्चालनको भनाइ छ। साढे दुई रोपनी जग्गा भाडामा लिई ७० लाख रूपैयाँको लागतमा एकेडेमी निर्माण गरिएको हो।

एकेडेमीमा बिहानदेखि बेलुकासम्म फुटसल खेलाइने एकेडेमीका म्यानेजर विजेस गुप्ताले जानकारी दिए । ‘फुटसलले शारीरिक रूपमा तन्दुरुस्त राख्नुका साथै स्वास्थ्यको क्षेत्रमा पनि आराम मिल्नेछ,’ गुप्ताले भने, ‘फुटसल खेल्नेलाई मात्र होइन, हेर्नेलाई पनि उत्तिकै आनन्द आउँछ।’

सन् २०११ देखि नेपालमा खेल्न थालिएको फुटसल मुलुकभर खेलिन्छ। फुटसलमा व्यावसायिक सफलता बढ्नु नै सकारात्मक पाटो भएको एकेडेमी अध्यक्ष गोपीकृष्ण भण्डारी बताउँछन्। ‘यहाँका धेरै फुटसल खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट भएका छन्। तर, जिल्लामा नै खेल्ने उपयुक्त ठाउँ छैन,’ एकेडेमीका अध्यक्ष भण्डारीले भने, ‘जोसिला युवाहरू मिलेर फुटसल एकेडेमी संचालनमा ल्याएका हौं।’

फुटसलका अधिकांश नियम फुटबलसँग मेल खान्छन्। तर, थ्रो गर्दाको नियम भने फरक छ। फुटबलमा हातले थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago