इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो

काठमाडौं: पछिल्लो समय युवामाझ लोकप्रिय बनेको छ, फुटसल। यसको लोकप्रियता बढ्नुको कारण हो– इन्डोर खेल्न सकिनु। सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

धादिङका उद्धव तिमिल्सिना फुटसलका पारखी हुन्। उनी फुर्सदमा प्रायः फुटसल खेल्छन्। ‘फुटसल खेल्दा आनन्द आउँछ,’ उनी भन्छन्, तिमिल्सिनाले भने, ‘इन्डोरभित्रै खेलिने भएकाले घामपानीको परवाह नगरी ढुक्कसँग खेल्न पाइन्छ।’ उनी साथीहरूसँग दैनिक एक घन्टा फुटसल खेल्ने गरेका छन्। दैनिक एक घन्टा फुटसल खेल्दा व्यायामसँग रमाइलो पनि हुने गरेको उनी बताउँछन्।

फुटसल युवाहरूको फुर्सदको साथी पनि बनेको छ। पछिल्लो समय फुटसल खेल्नेहरू बढिरहेका छन्।

सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

फुटसल सन् १९३० मा ब्राजिलबाट औपचारिकरूपमा सुरु भएको हो। फुटबलकै सानो रूप मानिने फुटसल इन्डोरमा खेलिन्छ । फुटसल पिच ४०/२० मिटरको हुन्छ।

फुटसल खेल्न एक समूहमा पाँच जना चाहिन्छ। फुटसलका धेरैजसो नियम फुटबलसँग मिल्ने भए पनि यो खेल्ने ठाउँलाई फुटसल पिच भनिन्छ भने फुटसल बलबाट मात्र खेलिन्छ। हलभित्रै खेलिने भएकाले यसलाई ‘इन्डोर फुटबल’ पनि भनिन्छ।

फुटसल क्रेज बढ्दै जाँदा धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा फुटसल एकेडेमी सञ्चालन भएको छ। त्यसयता एकेडेमीमा फुटसल खेल्ने बढेका छन्। जिल्लाका खेलप्रेमीलाई ध्यानमा राखेर एकेडेमी सञ्चालनको भनाइ छ। साढे दुई रोपनी जग्गा भाडामा लिई ७० लाख रूपैयाँको लागतमा एकेडेमी निर्माण गरिएको हो।

एकेडेमीमा बिहानदेखि बेलुकासम्म फुटसल खेलाइने एकेडेमीका म्यानेजर विजेस गुप्ताले जानकारी दिए । ‘फुटसलले शारीरिक रूपमा तन्दुरुस्त राख्नुका साथै स्वास्थ्यको क्षेत्रमा पनि आराम मिल्नेछ,’ गुप्ताले भने, ‘फुटसल खेल्नेलाई मात्र होइन, हेर्नेलाई पनि उत्तिकै आनन्द आउँछ।’

सन् २०११ देखि नेपालमा खेल्न थालिएको फुटसल मुलुकभर खेलिन्छ। फुटसलमा व्यावसायिक सफलता बढ्नु नै सकारात्मक पाटो भएको एकेडेमी अध्यक्ष गोपीकृष्ण भण्डारी बताउँछन्। ‘यहाँका धेरै फुटसल खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट भएका छन्। तर, जिल्लामा नै खेल्ने उपयुक्त ठाउँ छैन,’ एकेडेमीका अध्यक्ष भण्डारीले भने, ‘जोसिला युवाहरू मिलेर फुटसल एकेडेमी संचालनमा ल्याएका हौं।’

फुटसलका अधिकांश नियम फुटबलसँग मेल खान्छन्। तर, थ्रो गर्दाको नियम भने फरक छ। फुटबलमा हातले थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago