काठमाडौं: बीमा समीतिको मिति २०७८ साल चैत्र १० गते बसेको संचालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको रु.५ अर्ब र निर्जीवन बीमा कम्पनीको रु.२.५ अर्ब पुर्याएको छ।
समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर समग्रमा नेटवर्थ बधाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई बीमाको पहुँच विस्तार गर्न, ठुलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामाञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरेको हो।
सो अनुसार अब बीमा कम्पनीहरुले २०७९ चैत्र मसान्तसम्ममा निर्धारण गरिएको चुक्ता पूँजी कायम गर्नुपर्ने छ र समयसिमा भित्र पूँजी जुटाउन नसक्ने बीमा कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने छ।
यसैगरी, बिदेशी बिमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्युनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी (Assigned Capital) कायम गर्नुपर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समायावधिभित्र उल्लेखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्युनतम चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
बीमा समितिले दिएको निर्देशन अनुसार बीमा कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूँजी योजना (Capital Plan) सम्बन्धित बोर्डबाट निर्णय गराई समीति समक्ष पेश गर्नुपर्ने छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…