काठमाडौं: बीमा समीतिको मिति २०७८ साल चैत्र १० गते बसेको संचालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको रु.५ अर्ब र निर्जीवन बीमा कम्पनीको रु.२.५ अर्ब पुर्याएको छ।
समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर समग्रमा नेटवर्थ बधाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई बीमाको पहुँच विस्तार गर्न, ठुलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामाञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरेको हो।
सो अनुसार अब बीमा कम्पनीहरुले २०७९ चैत्र मसान्तसम्ममा निर्धारण गरिएको चुक्ता पूँजी कायम गर्नुपर्ने छ र समयसिमा भित्र पूँजी जुटाउन नसक्ने बीमा कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने छ।
यसैगरी, बिदेशी बिमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्युनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी (Assigned Capital) कायम गर्नुपर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समायावधिभित्र उल्लेखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्युनतम चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
बीमा समितिले दिएको निर्देशन अनुसार बीमा कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूँजी योजना (Capital Plan) सम्बन्धित बोर्डबाट निर्णय गराई समीति समक्ष पेश गर्नुपर्ने छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…