अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर

शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो। मानिसको कपाल र नङ बाहेक हरेक अंगमा क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर नसर्ने रोग हो, यसको सहि समयमा सहि उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ।

क्यान्सर लागेको अंग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. मदन कुमार पिया बताउँछन्।

हरेक वर्ष फ्रेब्रुअरी ४ मा क्यान्सरको बारेमा जनचेतना फैलाउन विश्वभर नै विश्व क्यान्सर दिवस मनाइन्छ। सन् २००८ देखि यूआई सिसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) ले यो दिवस विभिन्न नारा सहित मनाउन थालेको हो।

क्यान्सर बेलैमा पहिचान भए निको हुन्छ भनेर जनचेतना फैलाईरहँदा क्यान्सर भएका बिरामीहरु ढिलो गरी अस्पताल आइपुग्ने गरेको डा. पिया बताउँछन्।

उनका अनुसार बिरामीलाई अझैपनि क्यान्सर भएको थाहा हुँदैन। नेपालमा अहिले धुम्रपान सेवनबाट हुने क्यान्सर धेरै भएको बताउँदै डा. पियाले यस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने बताए।

१. तौल घट्नु,

२. छालामा भएका कोठी, मुसाको रंग बदलिदै जानु,

३. स्तनमा नदुख्ने गाठा आउने,

५. कुनै ठाउँको मासु, हड्डी छिटो छिटो बढेमा,

६. दिशा पिसाब गर्दा रगत देखिएमा,

७. लामो समय खोकी लागेमा,

८. खाना निल्न समस्या भएमा, मुख भित्र भएको घाउ निको नभएमा,

९. शरीरको जुनसुकै अंगमा असामान्य दुखाई भएमा।

नेपालमा पछिल्लो समय क्यान्सरको उपचार भइरहेको छ। क्यान्सर सम्बन्धि उपचार नेपालमा गर्न सकिन्छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago