रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी

किभ: रुसले युक्रेनमा गरिरहेको आक्रमणमा हालसम्म एक हजार जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । एक महिनाको यो अवधिमा कम्तीमा १ हजार ८१ जना सर्वसाधारणको मृत्यु भएको छ भने १ हजार ७ सय ७ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

बालबालिका मात्रै १ सय ३५ जना मारिएका छन् । युक्रेनले नाटोको सदस्यता लिन लागेको भन्दै रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि ‘सैन्य कारबाही’ थालेको थियो ।
यसअघि रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी गरे पनि ठूलो संख्यामा सर्वसाधारण मारिएका र अंगभंग भएका छन् । हजारौं भौतिक संरचना ध्वस्त बनेका छन् । आक्रमणको सबैभन्दा बढी असर देखिएको डोनेत्स्क राज्यको मरिओपुललगायत क्षेत्रमा मृतकको संख्या यकिन गर्न अधिकारीहरू खटिएको पनि राष्ट्रसंघले जनाएको छ । यसअघि राष्ट्रसंघले लगातारको आक्रमणका कारण युद्ध क्षेत्रमा तथ्यांक संकलन गर्न कठिन भइरहेको उल्लेख गर्दै मृतक र घाइतेको संख्या युक्रेनी अधिकारीले सार्वजनिक गरेको भन्दा धेरै बढी हुन सक्ने अनुमान गरेको थियो ।

गत साता मरिओपुलस्थित एक थिएटरमा रुसले गरेको मिसाइल आक्रमणमा परी ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । सुरक्षित स्थानको खोजीमा पोल्यान्ड हुँदै युरोप छिर्न आएका युक्रेनीहरू उक्त थिएटरमा आश्रय लिइर बसिरहेका थिए । मिसाइल आक्रमणबाट भवनको ८० प्रतिशत हिस्सा ध्वस्त भएको थियो । आक्रमण हुनुअघि थिएटरमा ६ सय जनाभन्दा बढीले आश्रय लिइरहेका थिए । तर, घटनाको तेस्रो दिनसम्म उनीहरू सबैको उद्धार हुन सकेको थिएन । थिएटर आसपासको क्षेत्रमा लगातार गोलाबारी भइरहेकाले उद्धारकर्ताहरू समयमै उद्धारमा खटिन पाएका थिएनन् । जसका कारण पनि धेरैको ज्यान गएको मरिओपुलका डेपुटी मेयरका सल्लाहकार पेटर आन्द्रेउस्चेन्कोले बीबीसीसँग भनेका छन् । सहरको मध्य क्षेत्रमा अझै पनि दोहोरो भीडन्त जारी रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर रुसी सेनाले सहरलाई नियन्त्रणमा लिन भने सकेको छैन ।’

राष्ट्रसंघले भने मरिओपुलमा हालसम्म २ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । मरिओपुलका मेयरका अनुसार हजारभन्दा बढी नागरिक अझै भग्नावशेषमा फसेका जनाएका छन् । प्रत्येक दिनजसो भइरहेको मिसाइल प्रहारले मानवीय संकटको अवस्था सिर्जना भएको जनाउँदै उनले सहरलाई पुरानै अवस्थामा फर्काउन वर्षौं लाग्ने बताएका छन् ।

रुसी सेनाले शुक्रबार खार्किभको एक स्वास्थ्य संस्थामा समेत मिसाइल प्रहार गरेको छ । जसमा परी हालसम्म ४ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । खार्किभ रुसी सेनाले सबैभन्दा धेरै बमबारी गरिरहेको युक्रेनी सहरमध्ये एक हो । रुसले युक्रेनको उत्तर, दक्षिण र पश्चिम क्षेत्रबाट लगातार आक्रमण बुनिरहेको छ । तर अपेक्षित जित भने हासिल गर्न सकेको छैन । राजधानी किभको नजिकै (करिब ५ किलोमिटरको दूरी) पुगे पनि रुसी सेना त्यहाँको मुख्य बजार क्षेत्रमा प्रवेश गर्न सकेको छैन । अमेरिका, बेलायतलगायत नाटो मुलुकबाट हतियार सहयोग पाएको युक्रेनी सेनाले डटेर रुसी सेनाको सामना गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

रुसी सेनातर्फ हालसम्म १ हजार ३ सय ५१ सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमण थालेयता दोस्रो पटक क्षतिको विवरण सार्वजनिक गर्दै रुसी सेनाले आफ्ना ३ हजार ८ सय २५ सैनिक घाइते भएको रुसी समाचार एजेन्सी रिया नोभोस्तीले लेखेको छ । यसअघि युक्रेनी सेनाले भने १५ हजार रुसी सैनिक मारिएका दाबी गरेको थियो । अमेरिकी गुप्तचर निकायले भने साढे ७ हजार रुसी सैनिक मारिएको हुन सक्ने जनाएको थियो । रुसी रक्षा मन्त्रालयले गत मार्च २ मा पहिलो पटक आफ्नोतर्फको क्षतिको विवरण सार्वजनिक गरेको थियो । जसमा ४ सय ९८ सेवक मारिएको उल्लेख थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago