तेह्रथुम: समय संगै समाज पनि परिवर्तन हुदैछ । छोरा र छोरी बिचको भेदभाव क्रमस हट्दैछ । कर्मकाण्ड र धार्मिक क्रियाकलापमा छोरीको सहभागिता बढ्दैछ । जस अनुसार छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै तेह्रथुमको म्याङलुङमा छोरीले आफ्ना बुबाको किरिया गरिरहेकी छिन् । म्याङलुङ नगरपालिका वडा नम्वर २ निवासी ६० बर्षको उमेरमा बुबा लेखनाथ ढुंगानाको निधनपछि उनकी म्याङलुङमा रहेको अरनिको बोडिङ स्कूलमा कक्षा १२ मा अध्यनरत छोरी कृपा ढुंगाना बुबाको काजकिरियामा बसेकी हुन ।

छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै छोरी कृपा ढुंगाना बुबाको काजकिरियामा बसेकी छन् । बुबाको फागुन २ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरी ढुंगानाले काजकिरिया गरिरहेकी छन् ।
समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफु किरिया बसेको कृपाले बताउनुभयो । “छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौँ भन्ने लागेर किरिया बसेकी हु ।”

समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो बुबाको किरिया छोरीले पनि गर्दा हुन्छ भनेर किरिया बसेको उनको भनाइ छ । कृपाले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै आएकी छन । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।

छोरा नभई बैतरणी तर्न सकिन्न र स्वर्ग पुगिन्न भन्ने हाम्रो समाजमा कृपा ढुंगानाको कार्य सामान्य पक्कै होईन । छोराको लागि कयौ निर्दोष छोरीको भुरुण हत्या गर्दा समेत पाप नमान्ने पितृसत्तात्मक हाम्रो समाजमा धर्मशास्त्रको हवाला दिएर छोरा र छोरी बिचमा गरिने र भईरहेको भेदभावलाई चुनौती दिदै समाज र धर्मग्रन्थमा सुधार ल्याउन कृपाले उठाएको यस कदम कुनै क्रान्ति भन्दा कम छैन । हाम्रो समाजमा एउटा उदाहरणीय बन्न पुगेको यस घट्नाले सदियौं देखि रहेको अन्धविश्वासका र विभेदपूर्ण कर्मकाण्डीय मूल्यमान्यतालाई ठाडो चुनौती प्रस्तुत गरिदिएको छ । यिनै एक समाज सुधारक कार्य गर्ने सहासी एवं उदाहरणीय पात्र कृपा ढुंगाना हुनुभएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago