तेह्रथुम: समय संगै समाज पनि परिवर्तन हुदैछ । छोरा र छोरी बिचको भेदभाव क्रमस हट्दैछ । कर्मकाण्ड र धार्मिक क्रियाकलापमा छोरीको सहभागिता बढ्दैछ । जस अनुसार छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै तेह्रथुमको म्याङलुङमा छोरीले आफ्ना बुबाको किरिया गरिरहेकी छिन् । म्याङलुङ नगरपालिका वडा नम्वर २ निवासी ६० बर्षको उमेरमा बुबा लेखनाथ ढुंगानाको निधनपछि उनकी म्याङलुङमा रहेको अरनिको बोडिङ स्कूलमा कक्षा १२ मा अध्यनरत छोरी कृपा ढुंगाना बुबाको काजकिरियामा बसेकी हुन ।
छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै छोरी कृपा ढुंगाना बुबाको काजकिरियामा बसेकी छन् । बुबाको फागुन २ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरी ढुंगानाले काजकिरिया गरिरहेकी छन् ।
समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफु किरिया बसेको कृपाले बताउनुभयो । “छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौँ भन्ने लागेर किरिया बसेकी हु ।”
समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो बुबाको किरिया छोरीले पनि गर्दा हुन्छ भनेर किरिया बसेको उनको भनाइ छ । कृपाले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै आएकी छन । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।
छोरा नभई बैतरणी तर्न सकिन्न र स्वर्ग पुगिन्न भन्ने हाम्रो समाजमा कृपा ढुंगानाको कार्य सामान्य पक्कै होईन । छोराको लागि कयौ निर्दोष छोरीको भुरुण हत्या गर्दा समेत पाप नमान्ने पितृसत्तात्मक हाम्रो समाजमा धर्मशास्त्रको हवाला दिएर छोरा र छोरी बिचमा गरिने र भईरहेको भेदभावलाई चुनौती दिदै समाज र धर्मग्रन्थमा सुधार ल्याउन कृपाले उठाएको यस कदम कुनै क्रान्ति भन्दा कम छैन । हाम्रो समाजमा एउटा उदाहरणीय बन्न पुगेको यस घट्नाले सदियौं देखि रहेको अन्धविश्वासका र विभेदपूर्ण कर्मकाण्डीय मूल्यमान्यतालाई ठाडो चुनौती प्रस्तुत गरिदिएको छ । यिनै एक समाज सुधारक कार्य गर्ने सहासी एवं उदाहरणीय पात्र कृपा ढुंगाना हुनुभएको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…