तपाईंलाई लाग्न सक्छ पृथ्वीमा मात्र भुइँचालो जान्छ। तर तपाईं गलत सोचाइमा हुनुहुन्छ। पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको छ। अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको जनाएको छ।

चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको म्युजियमले जनाएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमको दाबी छ। केही चकम्प ५ रेक्टर स्केलसम्मका पनि छन्।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टमा चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेको म्युजियमका वैज्ञानिक टमस वेटर्सले जनाएका छन्। एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्।

यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको दाबी छ। यस्ता फल्ट भर्‍याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन्। यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।

वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए। त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको उनको दाबी छ। नासाले पठाएको लुनार स्पेसक्राफ्ट (एलआरओ) ले फल्टबारे सटिक जानकारी दिएको उनको भनाइ छ।एजेन्सी

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago