तपाईंलाई लाग्न सक्छ पृथ्वीमा मात्र भुइँचालो जान्छ। तर तपाईं गलत सोचाइमा हुनुहुन्छ। पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको छ। अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको जनाएको छ।

चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको म्युजियमले जनाएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमको दाबी छ। केही चकम्प ५ रेक्टर स्केलसम्मका पनि छन्।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टमा चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेको म्युजियमका वैज्ञानिक टमस वेटर्सले जनाएका छन्। एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्।

यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको दाबी छ। यस्ता फल्ट भर्‍याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन्। यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।

वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए। त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको उनको दाबी छ। नासाले पठाएको लुनार स्पेसक्राफ्ट (एलआरओ) ले फल्टबारे सटिक जानकारी दिएको उनको भनाइ छ।एजेन्सी

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago