काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन्।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसीसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए।
“एमसीसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ। त्यसलाई रोक्नुपर्ने अवस्था छ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “प्रतिगमनकारी गठबन्धन अगाडि नआओस्, संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन नटुटोस् भनेर लागिपरेका छौँ।”
विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे। “प्रतिगमनलाई परास्त गरेपछि गठबन्धनमार्फत साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, क्षेत्र र समुदायका जनताका हक अधिकारलाई व्यवस्थित गर्ने प्रयास गर्दैछौँ”, उनले भने, “प्रतिगमनलाई परास्त गर्दै प्राप्त गरेको उपलब्धि कहीँ एमसीसी सम्झौताकै कारण गुम्ने त होइन भन्ने स्थिति देखापरेको छ।”
अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थपित उपलब्धि कसरत भइरहेको बताए। “केही समयदेखि जनयुद्धका उपलब्धि, संविधानसभाबाट बनेको संविधानको सकारात्मक पक्षलाई उल्ट्याउने कसरत भएको हामीले देख्यौँ”, उनले भने, “संविधान र सङ्घीय गणतन्त्रमाथि घाट गर्ने प्रवृत्ति र विचार प्रष्ट देखिए, हामीले नयाँ प्रकारको सङ्घर्ष गर्यौँ।”
अध्यक्ष दाहालले संविधान, गणतन्त्र, सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने प्रवृत्तिविरुद्ध लाखौँ जनता सडकमा आएर प्रतिगमनलाई परास्त गरिएको बताए। प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा उनले जोड दिए।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…