फ्रान्सेली राष्ट्रपतीले रुसलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह

फ्रान्स: फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन्। उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन्।

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनीहरुका बीचमा फोनमा कुराकानी भएको थियो। त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन्।

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन्। राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ। यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ।

आमक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ। यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ।

त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ। यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago