आज पल शाह लुकाएको आशंकामा निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

काठमाडौँ: नाबालिगलाई बलात्कार गरेको आरोपमा फरार रहेका पल शाहसँग निरन्तर सम्पर्कमा रहेको आशंकामा ‘म यस्तो गीत गाउँछु२’ निर्देशक सुदर्शन थापालाई बानेश्वर वृत्तले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । थापालाई प्राइम टेलिभिजनको कार्यालयमा अन्तर्वार्ता दिएर बाहिर निस्कँदा प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका पल शाहसँग थापा निरन्तर फोन सम्पर्कमा बसेको र प्रहरीलाई यसबारे जानकारी नदिएको भन्दै उनलाई सामान्य सोधपुछका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर लगिएको प्रहरी स्रोतले बताएको छ ।

जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु कानुनअनुसार दण्डनीय मानिन्छ ।थापाको साथैमा रहेका निर्देशक नारायण पुरीका अनुसार यतिबेला निर्देशक थापाको फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।निर्देशक सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ शुक्रबारबाट रिलिज भएको थियो । सुदर्शन यही फिल्मको प्रचारका लागि विभिन्न सञ्चारमाध्यममा उपस्थित हुँदै आएका थिए ।

Kamal Panthi

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago