आज पल शाह लुकाएको आशंकामा निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

काठमाडौँ: नाबालिगलाई बलात्कार गरेको आरोपमा फरार रहेका पल शाहसँग निरन्तर सम्पर्कमा रहेको आशंकामा ‘म यस्तो गीत गाउँछु२’ निर्देशक सुदर्शन थापालाई बानेश्वर वृत्तले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । थापालाई प्राइम टेलिभिजनको कार्यालयमा अन्तर्वार्ता दिएर बाहिर निस्कँदा प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका पल शाहसँग थापा निरन्तर फोन सम्पर्कमा बसेको र प्रहरीलाई यसबारे जानकारी नदिएको भन्दै उनलाई सामान्य सोधपुछका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर लगिएको प्रहरी स्रोतले बताएको छ ।

जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु कानुनअनुसार दण्डनीय मानिन्छ ।थापाको साथैमा रहेका निर्देशक नारायण पुरीका अनुसार यतिबेला निर्देशक थापाको फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।निर्देशक सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ शुक्रबारबाट रिलिज भएको थियो । सुदर्शन यही फिल्मको प्रचारका लागि विभिन्न सञ्चारमाध्यममा उपस्थित हुँदै आएका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago