दिगो विकासका लागि पर्यटकीय क्षेत्रको विकास जरुरी : मन्त्री आले

कल्पना श्रेष्ठ, दाङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन्।

अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज यहाँ उद्घाटन गर्दै उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रुपान्तरणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए। “मुलुकको विकास र समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ, यसका लागि सम्बन्धित सबै पक्षको सहयोग, समन्वय र सहकार्य आवश्यक छ ।” उनले भने।

मन्त्री आलेले सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिकस्थल खप्तड, बडिमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको उल्लेख गर्दै सुदूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रको विकास गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने बताए।

सङ्घका अध्यक्ष अशोक देवकोटाले खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान र मञ्च निर्माण गर्न अत्तरियामा आवश्यक सार्वजनिक जग्गा उपलब्ध गराउनका लागि पहल गरिदिनहुन मन्त्री आलेलाई आग्रह गरे।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago