महाशिवरात्रि नजिकिँएसँगै पशुपतिमा आउन थाले बाबाहरू

२०७८, १४ फाल्गुन शनिबार १२:२८

काठमाडौं महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू आउन थालेका छन्।

फाइल फोटो

पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ। विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो। भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्।

पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ ।पशुपति क्षेत्र अहिलेदेखि नै सिंगारिएको छ।फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

Comments

ताजा खबर