युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आए, सुरक्षित नेपाल फर्कन तीन नाका खुला

काठमाडौं युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको सरकारले जनाएको छ । जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले हालसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सबै सुरक्षित रहेको जनाएको हो ।

फाइल फोटो

युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका पनि दुतावासले जनाएको छ । युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि उक्त देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ ।

सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ । दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेजरविश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पनि भनेको छ ।

युक्रेनमा रहेका नेपालीको उद्धार गर्ने विषयमा भने सरकार अलमलमै रहेको छ । सम्भावित उपायको खोजी भइरहेको र रुस र जर्मनीमा रहेको दूतावाससँग निरन्तर समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago