फाइल फोटो
काठमाडौं । युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको सरकारले जनाएको छ । जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले हालसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सबै सुरक्षित रहेको जनाएको हो ।
युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका पनि दुतावासले जनाएको छ । युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि उक्त देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ ।
सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ । दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेजरविश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पनि भनेको छ ।
युक्रेनमा रहेका नेपालीको उद्धार गर्ने विषयमा भने सरकार अलमलमै रहेको छ । सम्भावित उपायको खोजी भइरहेको र रुस र जर्मनीमा रहेको दूतावाससँग निरन्तर समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…