काठमाडौं: पश्चिमी देशहरुले शुक्रबार राती संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ ।
रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो ।
रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषदमा उक्त प्रस्ताव माथि छलफल हुने छैन । राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् ।
शुक्रबार राती नै सुरक्षा परिषद्का सदस्यहरुबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) अनुपस्थित रहेका थिए। बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए । मस्यौदामाथि अब राष्ट्रसंघका १९३ सदस्य रहेको महाशभामा जाने बताइएको छ ।
प्रस्तवामा सुरक्षा परिषदको गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शत्तिको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…