एक महिनामा १५० देशका करिब १७ हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं: गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ ।

अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन् । सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन ।

जनवरीमा अष्ट्रेलियाबाट १ हजार २१३, बंगलादेशबाट १ हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट ३ हजार ९१६, बेलायतबाट १ हजार ८२४ र अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत जनवरीमा नेपाल भ्रमणमा रहेका १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेका छन् । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन ।

जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन् ।

विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्दछ । कोरोना नियन्त्रण गर्न विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेको थियो । कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत विस्तारै बढ्न थालेको छ ।

कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago