काठमाडौं । भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन् ।
सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी छन् । सुकेशले दिएको हीराको औंठीमा जे र एस नाम लेखिएको थियो ।
साथैै, सुकेशले ज्याकलिनलाई एस्पुएला नामको घोडा, गुच्चीको तीनवटा ब्याग, गुच्चीको दुईवटा जिम कपडा, एक जोर जुत्ता, हीराको दुईवटा बाला, माणिकाको एउटा ब्रासलेट, दुईवटा होमिज ब्रासलेट र एउटा कार उपहारमा दिएका थिए ।
यस्तै सुकेशले पनि आफू ज्याकलिनसँग प्रेममा रहेकाले करोडौं रुपैयाँको उपहार दिएको स्वीकार गरेका छन् । उनले पैैसा ठगी मुद्दामा ज्याकलिनको कुनै सम्बन्ध नभएको पनि स्पष्ट पारेका छन् ।
केही समयअघि ज्याकलिन र सुकेशका गोप्य तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…