के भोत म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

काठमाडौं । भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन् ।

सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी छन् । सुकेशले दिएको हीराको औंठीमा जे र एस नाम लेखिएको थियो ।

साथैै, सुकेशले ज्याकलिनलाई एस्पुएला नामको घोडा, गुच्चीको तीनवटा ब्याग, गुच्चीको दुईवटा जिम कपडा, एक जोर जुत्ता, हीराको दुईवटा बाला, माणिकाको एउटा ब्रासलेट, दुईवटा होमिज ब्रासलेट र एउटा कार उपहारमा दिएका थिए ।

यस्तै सुकेशले पनि आफू ज्याकलिनसँग प्रेममा रहेकाले करोडौं रुपैयाँको उपहार दिएको स्वीकार गरेका छन् । उनले पैैसा ठगी मुद्दामा ज्याकलिनको कुनै सम्बन्ध नभएको पनि स्पष्ट पारेका छन् ।
केही समयअघि ज्याकलिन र सुकेशका गोप्य तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago