काठमाडौं: प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन।

सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन। बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने शुक्रबार आफ्नो अडानबाट केही लचिलो देखिएका छन्।

सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन्। तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए। पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर उनी ओली निवास पुगेका थिए।

संसद्को जारी अवरोध हटाउन र एमसिसी सहमतिबाट अनुमोदन गर्न देउवाले एमालेसँग सहयोग मागेका छन्। एमाले अध्यक्ष ओलीले कांग्रेससहितका लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्न आफ्नो दल तयार रहेको दोहोर्‍याएका छन्। तर त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पदमुक्त गर्नुपर्ने र आफ्नो दलबाट बाहिरिएका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोर्‍याएको स्रोतको दाबी छ।

सञ्चारमन्त्री कार्कीले एमसिसी सम्झौता सहमतिबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग सकारात्मक कुरा भएको बताए।

दुई दलबीच ठोस सहमतिमा पुगिनसकेको जानकारी दिँदै कार्कीले भने, ‘छलफल सकारात्मक भए पनि उहाँहरू (एमाले) ले पहिला हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस्, प्रतिनिधिसभा प्रवेश गर्ने द्वार खोजिदिनुस् भन्नुभएको छ ।’ प्रतिनिधिसभा प्रवेश गर्ने द्वार कसरी खोज्ने भन्नेमा स्पष्ट खाका आइनसकेको बताउँदै कार्कीले थपे, ‘लोकतान्त्रिक शक्तिहरूबीच एउटा सहमति निर्माण गरेर अघि बढ्न उहाँहरू सकारात्मक हुनुहुन्छ।’

बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो दल एमसिसीमा अनिर्णीत नरहने बताए। त्यसभन्दा अघि आफूहरूले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा राखेको जानकारी दिँदै ज्ञवालीले भने, ‘एमाले अनिर्णीत रहँदैन र स्पष्ट दिशा पनि दिन्छ। तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्‍यो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको उल्लेख गर्दै ज्ञवालीले कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको बताए।

गठबन्धन जोगाउन पहल

एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच तीव्र असन्तुष्टि बढ्दै गएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सक्रियता बढाएका छन्।

गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर भए पनि एमसिसी सम्झौता अनुमोदनको पक्षमा पुगेका छन्। कुनै पनि हालतमा एमसिसी सम्झौता पारित गर्न नसकिने माओवादी र नेकपा एसको अडानपछि एमालेसँग नयाँ समीकरण नै बनाएर भए पनि अघि बढ्ने कांग्रेसको तयारी सँगै दुई दल गठबन्धन जोगाउन लचिलो बनेका हुन्।

कांग्रेस आफ्नो अडानमा कायमै रहेपछि दाहाल र नेपालले प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै भेटेर हतारमा निर्णयमा नपुग्न सुझाएका हुन्। नेकपा एसका अध्यक्ष नेपालले एमसिसीका विषयमा उठेका कतिपय विषयलाई स्पष्ट बनाउँदै संकल्प प्रस्ताव (व्याख्यात्मक घोषणा) पारित गर्दै त्यसलाई अनुमोदनमा लैजान सकिने प्रस्ताव अघि सारेको स्रोतको दाबी छ। एमसिसीमा सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागु हुन्छ, लेखापरीक्षण नेपालको महालेखा परीक्षकले गर्छ जस्ता विषय राखिनेछ।

साथै, एमसिसी सम्झौता संसद्बाट अनुमोदन हुने दिन गठबन्धनमा रहेका माओवादी र आफ्नो दल अनुपस्थित भएर सहयोग गर्न सकिने धारणा राखेका थिए। आफूहरूको अनुपस्थितिमा कांग्रेससहितका दलहरूको सांसदबाट एमसिसी अनुमोदन हुन सक्ने अवस्था रहेको भन्दै गठबन्धन पनि जोगिने र एमसिसी पनि पारित गरेर जान सकिने धारणा राखेका थिए। त्यसले गठबन्धनमा रहेका दलभित्रको आन्तरिक विवाद व्यवस्थापनमा पनि सहज हुने, एमसिसी पनि अनुमोदन हुने र गठबन्धन पनि जोगिने तर्क गरेका थिए।

एमालेले संसद् अवरोध जारी एमसिसी सम्झौता अनुमोदनमा उनीहरूको काउन्ट पनि नहुने नेपालको बुझाइ थियो। नेपालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पनि कुरा गर्ने आश्वासन प्रधानमन्त्री देउवालाई दिएका थिए। शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि सार्न पनि उनले देउवालाई आग्रह गरेका थिए। धनगढीबाट बिहान मात्र काठमाडौं आएका नेपालले त्यसलगतै माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छलफल गरेका थिए।

त्यसलगतै दाहाल अर्थमन्त्रीलाई लिएर प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए। पार्टीका पदाधिकारीसँग आन्तरिक छलफलमा रहेका देउवासँगको भेटमा दाहालले ध्वनि मतबाट एमसिसी सम्झौता अनुमोदन गर्ने र गठबन्धन पनि जोगाउनेगरी अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए। विपक्षमा मतदान गर्ने बताउँदै आएको माओवादी मतदान हुने दिन संसद्मा अनुपस्थित रहने र बाँकीबाट एमसिसी अनुमोदन गर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ।

देउवाले आफू गठबन्धन जोगाउन तयार रहे पनि अन्य दलबाट सहयोग भएको गुनासो दाहालसँग गरेका थिए। एमसिसी सम्झौतालाई संसदीय प्रक्रियामा लगेर असफल बनाउन माओवादी लागेको कांग्रेसका नेताहरूले आशंका व्यक्त गर्दै आएका छन्। तर माओवादीनिकट स्रोतले प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच गठबन्धन जोगाएर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको दाबी गरेको छ।

एमसिसीलाई संसद्बाट अनुमोदन गरेर जान विभिन्न विकल्पमा माओवादी र नेकपा एससँग सकारात्मक छलफल भएको कांग्रेसनिकट स्रोतको दाबी छ। ‘उहाँहरूले सहमतिबाट अघि बढ्न केही विकल्प प्रस्तुत गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘कुरा केही सकारात्मक देखिएको छ ।’ देउवा र नेपाललाई भेट्नुअघि आफ्नै निवासमा पूर्वस्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका दाहालले गठबन्धन जोगाउन अन्तिम पहल गर्ने धारणा राखेका थिए। त्यसका लागि पूर्ववत् अडानमा केही लचिलो हुने संकेत गरे पनि पार्टी निर्णय यतावत् रहेको सदस्यहरूलाई जानकारी गराएका थिए ।

नेकपा एसका अध्यक्ष नेपालले एमसिसी पास गर्ने नाममा एमालेसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताएका थिए। देउवासँगको भेटपछि संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख १४ सांसद र सभामुखलाई बर्खास्त गर्ने सर्त राख्नु दुःखद भएको बताए।

प्रधानमन्त्रीलाई हतारमा निर्णय नलिन र एमसिसीका केही प्रावधान नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको बताउँदै नेपालले पत्रकारहरूसँग भने, ‘मैले सूचना पाएसम्म विरुद्धमा मुभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ। त्यो पनि सर्त राखेर मात्रै। त्यो पनि कुनै सर्त होइन।’

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago