सेवासुविधा नपाए पनि गाउँमै मतदान गर्न पाउनुपर्ने माग

काठमाडौं: हुम्ला जिल्ला ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढाले अहिलेसम्म ३ पल्ट मतदान गरे । सबै निर्वाचनमा उनी झन्डै १० घण्टा पैदल हिँडेर थापागाउँस्थित कैलाश प्राथमिक विद्यालय पुगेका हुन् ।

आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनमा पनि उनलाई फेरि १० घण्टा नै हिँडेर थापागाउँ पुग्नुपर्ने बाध्यता भएको छ । ‘अघिल्लो दिन गएर भोट हालेर चुनावको भोलिपल्ट गाउँ फर्कन्छौं,’ उनले भने, ‘अहिले त गाउँमै भोट हाल्न पाइएला भनेको नपाइने भो ।’
उनले स्थानीय तहका जनप्रतिनिधिसहित गाउँमा पुग्ने सबै नेता र विभिन्न कार्यालयका प्रतिनिधिसँग गाउँमै मतदान केन्द्र राख्न माग गरे पनि बेवास्ता भएको बताए । उनका छिमेकी कर्णबहादुर बुढाले यो पटक पनि भोट हाल्नकै लागि सास्ती पाउनुपर्ने भएको बताए । ‘अरूलाई अरूकै माग होला, अरू गाउँका समस्या त छन् नै, हाम्रा लागि पहिलो माग नै गाउँमा भोट हाल्न पाउनु हो,’ उनले भने ।

टाढा गएर मतदान गर्न समस्या भएपछि ज्येष्ठ नागरिक, अशक्त र महिलाहरू मतदानको अवसरबाट समेत वञ्चित भएको स्थानीय केशव बुढाले बताए । ‘हामी त जसोतसो भोट हाल्न जाउँला,’ उनले भने, ‘हिँड्न नसक्नेलाई कसरी लैजाने ?’ सरकारबाट पाउनुपर्ने अधिकांश सेवासुविधा नपाए पनि गाउँमै मतदान गर्न पाउनुपर्ने माग वर्षौंदेखि सुनुवाइ नभएको उनको गुनासो छ । उनका अनुसार मासपुरमा २२ घरधुरी छन् ।

स्थानीय धनवीर बुढाले भौगोलिक विकटताका कारण आफूहरू लामो समयदेखि सरकारी सेवा सुविधाबाट वञ्चित भएको बताए । उनका अनुसार वडा कार्यालय पुग्नसमेत १० घण्टा हिँड्नुपर्ने बाध्यता छ । ‘राज्यबाट पाउनुपर्ने अरू सुविधा त पाएनौं पाएनौं, कम्तीमा भोट हाल्ने ठाउँ गाउँमै बनाए विकासको अनुभूति हुन्थ्यो,’ उनले भने । उनले सदरमुकाम टाढा हुँदा आफू बसेको घरजग्गाको लालपुर्जासमेत बनाउन नपाएको बताए । उनका अनुसार सदरमुकाम जान कम्तीमा एक साताको समय छुट्याउनुपर्ने बाध्यता छ ।

मासपुरमा अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलसमेत नपुगेको बुढाले बताए । उनका अनुसार खाद्यान्न लिन पनि एक दिन पैदल हिँडेर थापागाउँ पुग्नुपर्ने बाध्यता छ । ‘एक दिन पैदल हिँडेर पनि ४/५ किलो चामल मात्र पाइन्छ,’ उनले भने, ‘त्यो चामल कति दिन पुर्‍याउने ?’ सरकारी ढुवानी अनुदानको चामल नपाइने भएपछि ५० किलोको एक बोरा ३ हजार रुपैयाँ तिरेर बजारबाट किन्नुपरेको उनले बताए । ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले भौगोलिक विकटता र कम घरधुरी भएका कारण मासपुरमा मतदान केन्द्र राख्न नसकिएको बताएका छन् । मासपुरमा खाद्यको चामल पठाउन पहल भइरहेको उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago