एजेन्सी,युक्रेन: सिमसिम पानी परिरहेकाले शुक्रबार बिहान अमेरिकी राजधानी वासिङ्टन डीसीमा चिसो थियो । राष्ट्रपति निवास ह्वाइट हाउसअघिको माहोल भने युक्रेनी पक्षधरको प्रदर्शनले गर्माएको थियो । नीलो र पहेंलो रंगको राष्ट्रिय झन्डासहित उपस्थित उनीहरूले युक्रेन र शान्तिको पक्षमा प्रार्थना गरिदिन आग्रह गरिरहेका थिए ।

राष्ट्रगान गाएपछि एक युवतीले बीबीसीसँग भनिन्, ‘म मेरो हजुरआमालाई जीवित देख्न चाहन्छु, उहाँहरूको मृत्यु भएको खबर सुन्न चाहन्नँ ।’ बिहान ५ बजे युक्रेनमा रहेकी हजुरआमाको आर्तनाद फोनमा सुनेको उनले बताएकी छन् ।

युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको छ ।

अमेरिका र युरोपेली मुलुकले रुसी कदमको कडा आलोचना गर्दै विभिन्न प्रतिबन्धको घोषणा नै गरिसकेका छन् । चौतर्फी आलोचना बढेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा लागेका छन् । त्यसका लागि उनले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँगको संवादलाई तीव्रता दिएका हुन् । शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पुटिनको फोनवार्ता भएको छ ।

चिनफिङले चीन सधैं रुसको साथमा रहेको आश्वस्त पार्दै तनाव घटाउन कूटनीतिक वार्तामार्फत नै प्रयास गर्न जोड दिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । चीन र रुसको सम्बन्ध छिमेकी मात्र नभई कूटनीतिक र आर्थिक साझेदारीका हिसाबमा पनि बलियो रहँदै आएको छ । युक्रेनी तनावलाई लिएर पनि रुसले चीनसँग बलियो साथ खोजेको छ । अहिलेसम्म पनि चीनले युक्रेनमाथि रुसले थालेको कारबाहीलाई ‘आक्रमण’ मानेको छैन ।

शुक्रबार बिहान मात्रै नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले सबै मुलुकको क्षेत्रीय अखण्डताको सम्मान गर्ने उल्लेख गर्दै मुलुकको सुरक्षा मामिलालाई लिएर रुसको चिन्तालाई पनि राम्रोसँग बुझेको बताएका थिए । ‘अझै पनि चीन युक्रेनलाई एक वैध राज्यका रूपमा मान्छ । हाल देखिएको संकटलाई राजनीतिक रूपमा समाधान गर्ने बाटो अझै बन्द भइसकेको छैन,’ वेनबिनले भने । उनले कसरी वार्ताको वातावरण बन्छ भन्नेबारे भने बताएनन् । युक्रेनका डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको दर्जा दिने रुसको घोषणाका बारेमा पनि उनी खुल्न चाहेनन् ।

पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आक्रमणको पहिलो दिन बिहीबार नै संवाद गरेका थिए । त्यस क्रममा पुटिनले अमेरिका र नाटोले युक्रेनमा सैन्य उपस्थिति बढाएका कारण कारबाही अगाडि बढाएको प्रस्ट पारेका थिए । पुटिनको स्पष्टीकरणमा मोदीले सन्तोषजनक प्रतिक्रिया दिएको रुसी राष्ट्रपति कार्यालयको दाबी छ । कार्यालयका अनुसार पुटिनसँगको कुराकानीमा मोदीले युक्रेनमा रहेका भारतीय नागरिकको सुरक्षाको प्रत्याभूति खोजेका थिए । जवाफमा पुटिनले त्यसका लागि आवश्यक निर्देशन दिने प्रतिबद्धतासमेत जनाएको बताइएको छ ।

त्यसैगरी, पुटिनले इरानका राष्ट्रपति सय्यद इब्राहिम रैसीसँग पनि फोनवार्ता गरेका छन् । रैसीसँग पनि पुटिनले डोनबासका बासिन्दाको सुरक्षाका लागि ‘विशेष सैन्य कारबाही’ थालिएको जनाएका छन् । बिहीबारै पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए । मस्को भ्रमणमा रहेका खानसँग दक्षिण एसियाली राजनीतिबारे कुराकानी भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । पुटिनले टर्कीका राष्ट्रपति रेचेप तय्प एर्दोगानसँग पनि टेलिफोनमा कुराकानी गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago