पोखरा
राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) गरी ५ दलीय गठबन्धनबाट उनीहरु उम्मेदवार बनेका थिए । पन्तलाई स्थानीय तहबाट ९४ मत (१६९२ मतभार) र प्रदेशसभा सदस्यबाट २९ मत (१३९२ मतभार) प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाइन् । यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत (१६३८ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए । यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत (१६५६ मतभार) र प्रदेशसभा सदस्यको ३० मत (१४४०मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ (१३५० मतभार) र प्रदेशसभा सदस्यको २८ मत (१३४४ मतभार) पाए । तीनैजना गठबन्धनका उम्मेदवार विजयी भए पनि गठबन्धनका केही मत एमालेलाई गएको प्रस्ट भएको छ । गठबन्धनमा कांगेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जसपाका २/२ जना र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी ३२ सांसद भए पनि गठबन्धन र एमालेका महिला र दलिततर्फका उम्मेदवारले २९/२९ मत ल्याए । एमालेका २७ सांसद भए पनि महिला र दलिततर्फ २/२ र अन्यमा १ मत बढी ल्याए । यसैगरी स्थानीय तहतर्फ पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि रहेकोमा ५ जनाले मत क्रस गरेका छन् । एमालेका ६९ जनप्रतिनिधि रहेकोमा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढेको हो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago