नेप्से परिसूचक ३८ अंकले घट्दा सबै उपसूचक पनि घटे

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ४५ अंकले घटेर २,७७६ दशमलव ६१ अंकको विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २३३ वटा कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१२ रुपैयाँ रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्टको ९ करोडमाथिको शेयर कारोबार भएकाो छ ।

आज सबैभनदा धेरै विन लघुवित्त र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिएचडिसी कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरे पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago