सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुर । राष्ट्रिय सभाको निर्वाचनका क्रममा जनकपुरस्थित मतदानस्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

फाइल फोटो

मधेश प्रदेशमा मतदानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि बिहानैदेखि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा रहेको मतदानस्थिलभित्र जनमत पार्टीका कार्यकर्ता बाँसको भाँटा लिएर छिर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको छ।

झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।जनकपुरधामका विभिन्न चोकमा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। उनीहरूले नाराबाजी गरिरहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago