सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुर । राष्ट्रिय सभाको निर्वाचनका क्रममा जनकपुरस्थित मतदानस्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

फाइल फोटो

मधेश प्रदेशमा मतदानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि बिहानैदेखि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा रहेको मतदानस्थिलभित्र जनमत पार्टीका कार्यकर्ता बाँसको भाँटा लिएर छिर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको छ।

झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।जनकपुरधामका विभिन्न चोकमा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। उनीहरूले नाराबाजी गरिरहेका छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago