प्रचण्डको पक्षमा १६७ सांसद

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’१६७ सांसदको समर्थनसहित मुलुकको प्रधानमन्त्री बन्ने भएका छन्।

७ वटा राजनीतिक दल र एक जना स्वतन्त्र सांसद गरी १६७ सांसदको समर्थन सहित प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको हो।

२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रचण्डलाई समर्थन गरेका हुन्।

प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्। ओली र प्रचण्डबीच आधा,आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरुको भागवण्डा भने मिल्न बाँकी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्ड संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री बन्न लागेका हुन्। मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार सरकार बनाउन दलहरुलाई गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले दिएको समय आजै साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्डले शीतल निवास पुगेर आफ्नो दाबी पेश गरेका हुन्।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago