बिर्तामोडको कालीमंन्दिर शक्तिपिठमा सामुहिक दुर्गा पूजाको तयारी

बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका , ३ र ९ कासंस्थाहरु कालिमाता मठ मंन्दिर व्यवस्थापन समिति, आदर्श नवयुवा क्लब, आदर्श किर्तन मण्डली, आशिर्वाद किर्तन मण्डली, हरिहर किर्तन मण्डली एवम् आदर्श आमा समुहको संयुक्त आयोजनामा विगत झै यस वर्ष पनि बडा दशंै २०७९ को अवसरमा असोज १० देखि १८ गते सम्म, नवरात्रको समयमा नडियाबारी स्थित कालीमंन्दिर शक्तिपिठमा सामुहिक दुर्गा पूजा एवं जमरा राख्ने कार्यक्रम तथा सन्ध्याकालिन भजन किर्तनको तयारी गरेको छ ।

बार्षिक रुपमा गरिने अनुष्ठानले बिर्तामोड नगरपालिका वडा नं. ३ र ९, आदर्श चौक र नरीयाबाडी आसपाका क्षेत्रका भक्तजनहरुको आस्था तथा विश्वासमा वृद्धि ल्याई आध्यात्मिक भावनाको विकास गराउनुका साथै स्थानिय वासिहरु बीचमा सुमधुर सम्बन्ध, आपसी सम्पर्क, सहभावना, सहयोग, मित्रता तथा भ्रातृत्व कायम गरी मन्दिरका गतिविधि मार्फत धर्म संस्कृतिको संरक्षण सम्बद्र्घन गर्दैै मानवकल्याण कार्यमा सदुपयोग गरि समाजलाई विकास, सभ्य र धर्म संस्कृति प्रति आस्था जगाउने कार्य प्रति टेवा पु-याएको, मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष, युवराज रोक्काले बताउनु भयो ।

कालिमाता मठमंन्दिर व्यवस्थापन समितिले दुर्गा पूजा भव्य रुपमा सम्पन्न गर्नका लागि मंन्दिर व्यवस्थापन समितिका सल्लाहकार काजी वुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय दुर्गा पूजा आयोजक मुल समिति गठन गरेको छ । त्यस्तै अनुष्ठानलाई सफल बनाउन विभिन्न ११ उपसमितिहरु गठन गरिएको छ । अम्विका खड्काको संयोजकत्वमा भजन–किर्तन समिति, जगत कटुवालको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा गल्ला परिचालन समिति, रविन वुढाथोकीको संयोजकत्वमा मंन्दिर मण्डप तथा साउण्ड व्यवस्थापन समिति, ईन्द्र राजवंशीको संयोजकत्वमा प्रेस तथा सूचना, प्रचार तथा प्रसार समिति, केशव वुढाथोकीको संयोजकत्वमा अतिथि सत्कार तथा पत्रचार, गणेश कुमार उप्रेतीको संयोजकत्वमा सामग्री खरिद तथा व्यवस्थापन समिति, पुष्प बस्नेतको संयोजकत्वमा पुजा–आराधना समिति, तेज कुमार खड्काको संयोजकत्वमा ब्राह्मण आवास तथा भोजन, रमा सिटौलाको संयोजकत्वमा ब्राह्मण दिवाभोजन, काशीनाथ सुवेदीको संयोजकत्वमा सुरक्षा समिति र जिवन शिवाकोटीको संयोजकत्वमा स्वयंसेवक तथा जमरा व्यवस्थापन समिति गरेको छ । सदस्यहरुमा भिष्म वुढाथोकी, कुमार खड्का, सागर खड्का, बंमबहादुर चौधरी, चक्र परियार, हिमाल खड्का, शंकर खड्का र विशाल वुढाथोकी रहेका छन् । पं. निरज आचार्यको आचार्यत्वमा र शिव प्रसाद पोखे्रलको सह आचार्यत्वमा पूजा सम्पन्न गरिने छ ।

पूजा कार्यक्रममा देवीको पूजा आरम्भ तथा घटस्थापना गरी जमरा राख्ने, दैनिक रुद्री चण्डी पाठ पारायण तथा आरती, सन्ध्याकालिन भजन किर्तन तथा पण्डितहरुबाट धार्मिक प्रवचन, फुलपाति भित्र्याउने, लक्ष्यवर्ती दिप प्रज्वलन, ज्येष्ठ नागरिकलाई सम्मान, होमादी तथा नौ कन्या पुजन, भजन, तिलकपाति टिकाप्रसाद तथा जमरा वितरण आदि गरिने कालिमाता मठमंन्दिर मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष, युवराज रोक्काले जानकारी दिए । दुर्गा पुजा सम्पन्न गर्न १ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष रोक्काले  जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago