अछाम: मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।
सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।
सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन् । उनका श्रीमानसमेत शारिरिक अपाङ्गता भएका व्यक्ति हुन ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…