काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले दलत्याग गरेका छन् । एमाले विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई फाइदा भएको भन्दै उनले दल त्यागको घोषणा गरेका हुन् ।
उनले एमाले विभाजन हुँदा माधव नेपालको पछि लागेर पछुतो र आत्मग्लानी भएको बताएका छन् । उनी पछिल्लो ६ महिनादेखि राजनीतिक रूपमा निष्क्रिय रहँदै आएका थिए ।
‘२०५४ सालमा वामदेवले ‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराउँदा थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे,’ फेसबुकमा उनले लेखेका छन्, ‘गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिएँ । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्यायो । त्यसबाफत् पछुतो र आत्मग्लानी भएको छ। आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…