काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले दलत्याग गरेका छन् । एमाले विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई फाइदा भएको भन्दै उनले दल त्यागको घोषणा गरेका हुन् ।
उनले एमाले विभाजन हुँदा माधव नेपालको पछि लागेर पछुतो र आत्मग्लानी भएको बताएका छन् । उनी पछिल्लो ६ महिनादेखि राजनीतिक रूपमा निष्क्रिय रहँदै आएका थिए ।
‘२०५४ सालमा वामदेवले ‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराउँदा थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे,’ फेसबुकमा उनले लेखेका छन्, ‘गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिएँ । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्यायो । त्यसबाफत् पछुतो र आत्मग्लानी भएको छ। आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…