बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँयो

काठमाडौं: भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका-५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।​

पकानका किसानले सामूहिक वा व्यक्तिगत रुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ-११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताए । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उनले बताए ।

‘महँगो पर्ने बीउ आलुको सुरक्षित भण्डारणका लागि शीत भण्डारमा राख्यौँ,’ उनले भने, ‘शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बीउ लगाउन नहुने प्राविधिकले राय दिएपछि त्यहीँ छोडेका हौँ ।’ बीउ आलु बिग्रिएको पनि करिब डेढ वर्ष भइसक्दासमेत शीत भण्डारले उचित क्षतिपूर्ति नदिएकोमा आफूजस्तै यहाँका सबै किसान मर्कामा परेको उनले दुःखेसो गरे ।

यहाँका किसालने उत्पादन गरेको बीउ आलुको भण्डारणका लागि भीरकोट नगरपालिका कार्यालय र शीत भण्डारबीच सम्झौता भई पेश्कीस्वरुप रु एक लाख ५८ हजार शीत भण्डारलाई दिइएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताए । ‘भण्डारण गरिएको बीउ आलु प्राविधिकको राय बमोजिम लगाउन योग्य नभएपछि नगरपालिका कार्यालय, शीत भण्डार सञ्चालक र सम्बन्धित किसान बसेर क्षतिपूर्तिका विषयमा सहमति गरेका थियौँ’ निवर्तमान प्रमुख खनालले भने, ‘प्रतिकेजी रु ४० का दरले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भयो तर अहिलेसम्म पनि शीत भण्डारले क्षतिपूर्ति उपलब्ध गराएको छैन ।’

सहमति अनुसार किसानले क्षतिपूर्ति नपाएको गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिका कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

शीत भण्डारको क्षमता १० टन रहेको र बढीमा १२ टनसम्म भण्डारण गर्न सकिने भनिएकोमा किसानको धेरै आलुको बीउ आएकाले समस्या भएको शीत भण्डार सञ्चालक श्यामप्रसाद ढुङ्गानाले बताए । ‘शीत भण्डारको क्षमताभन्दा धेरै आलुको बीउ हुँदा पनि समस्या आयो,’ सञ्चालक ढुंगानाले भने, ‘तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनौँ, दिन्छौँ ।’

शीत भण्डारमा आलुका लागि जुन तापक्रम आवश्यक पर्ने हो सोभन्दा बढी तापक्रम भएकाले आलु उम्रिएको उनले बताए । नबिग्रिएको आलु लैजान र बिग्रिएको आलुको क्षतिपूर्ति दिन खोज्दा किसानले नमानेपछि ढिला भएको सञ्चालक ढुङ्गाना बताउँछन् । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago