राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज सपथ लिँदै

एजेन्सी – भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदैछिन्। मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ लिनेछिन्।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन्। सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन्।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ। तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ। ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन्। उनी भारतका १५औँ राष्ट्रपति हुन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago