संघीयता नभएको भए झण्डा हल्लाउन पाउने थिएनौ , अनाबश्यक बिरोध नगरौ – मुख्यमन्त्री पाण्डे

हेटौँडा: वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । प्रदेश विनाको संघीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उहाँले प्रदेशसभा सांसदहरुलाई बलिदानी पूर्ण आन्दोलनले ल्याएको संघीयताको विरोध नगर्न अनुरोध गरे ।

विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उहाँहरुलाई संघीयता बलियो बनाउन सहयोग गर्न सुझाए । प्रदेशसभा सदस्यहरुबाट नै प्रदेश खारेजीको माग उठेकामा उनले आपत्ति जनाए । ‘सबैको त्याग र बलिदानबाट प्राप्त संघीयतालाई थप मजबुत बनाउनुपर्छ,’ उनले भने । गठबन्धन सरकार देशको स्वाधीनता र अस्तित्व रक्षा गर्न सदैव तयार भएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

यसैगरी आज बसेको प्रदेशसभा बैठकमा दफावार छलफलका लागि चार विधेयक पेस गरिएका छन् । मुख्यमन्त्री पाण्डेले पेस गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले पेस गरेको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पेस गरेका छन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago