अस्थिर मानिसको पराकाष्ट, भट्टराई पक्षको नयाँदल, नेपाल समाजवादी पार्टी

२०७९, ९ श्रावण सोमबार ०५:३५

काठमाडौँ: जनता समाजवादी पार्टीबाट अलग भएका बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन गर्ने टुंगो लागेको छ । हिसिला यमीले पार्टीको नाम टुंगो लागेको बताइन् । ‘पार्टीको नाम टुंगो लागिसकेको छ, निर्वाचन आयोगमा दर्ता प्रक्रियालगायत केन्द्रीय समितिबारे गृहकार्य भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी अधिकारीसहित खस आर्य, आदिवासी जनजाति र मधेसी गरी तीन अध्यक्षको व्यवस्था हुने छ ।’ उनले पार्टीको विधानलाई अन्तिम रुप दिने काम भइरहेको जनाइन् ।

भट्टराईले नयाँ पार्टीको अध्यक्ष आफू नहुने केही दिन अघि कान्तिपुरसँगको अन्तर्वार्तामा बताएका थिए । नेपाली राजनीतिमा पुरानो पुस्ताले नेतृत्व छाड्दै नयाँलाई अघि आउन सघाउनुपर्ने उनको जिकिर थियो । तर भट्टराईले नेतृत्व नगरे नयाँ दल सञ्चालन सहज नहुने बुझाइ उनको समूहमा छ ।
अध्यक्षबारे अझै टुंगो नलागेको यमीले जनाइन् । जसपालाई पुनर्गठन गरी नयाँ समावेशी पार्टी बनाउने उद्देश्यसहित भट्टराई पक्ष अलग भएको थियो । आगामी निर्वाचनमा ‘समाजवादी केन्द्र’ बनाउने भन्दै भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गरिरहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु