काठमाडौं: हटौंडामा भएको नेपाल डेरी एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट प्रह्लाद दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सर्वसम्मत निर्वाचित टीमलाई संस्थाका निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, सुरेश श्रेष्ठ र हिरा केसीले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एसोसिएसनको महत्व दर्साउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष दाहालले संस्थाका अग्रजहरुको साथ लिंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
दाहालले एसोसिएशनमा एक कार्यकाल केन्द्रीय सदस्य, तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरिसकेका थिए । हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक समेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य रहिसकेका छन् । दाहाल एसोसिएशनको महासचिव र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…